STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य र पर्यटन सँगसँगै लगिने

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १५, बुधबार

त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको शारदीय काव्योत्सवमा करीब २५ कविले आआफ्ना सिर्जना वाचन गरेका छन् । संस्थाका उपाध्यक्ष राजेन्द्रमान डङ्गोलको अध्यक्षतामा भएको कार्यक्रममा कविता वाचन गर्नेमा बलराम दाहाल, प्रकाश गफाडी, रामकुमार एलन, उमेश पाण्डे, कृष्णदेव रिमाल, जीतेन्द्र रसिक, समाश्री, माधव अटल, धरणीधर गुरागाईं, गीता रेग्मी, प्रेमिला राई, केशवराज जोशी, गङ्गा आचार्य, प्रेम परीक्षित, जीत अधिकारी, अर्जुनबहादुर तामाङ, प्रज्वल अधिकारीलगायत हुनुहुन्थ्यो । सो अवसरमा नेपाल प्रज्ञा– प्रतिष्ठान काव्य विभाग प्रमुख प्र्रा डा हेमनाथ पौडेलले वाचित रचना उत्कृष्ट एवं खारिएका छन् भन्दै प्रज्ञाप्रतिष्ठानले प्रकाशन गर्ने त्रैमासिक ‘कविता’ पत्रिकामा आफ्ना कविता प्रेषित गर्न आग्रह गर्नुभयो । वाचित रचनामाथि टिप्पणी गर्दै कवि स्नेह सायमीले कविताहरु विद्रोहात्मक भएको र यसले राज्य र शासकलाई झक्झक्याउने बताउनुभयो । प्रतिष्ठानका महासचिव श्यामराज पाठकले साहित्य र पर्यटनलाई एकाकार गर्ने नै संस्थाको मूल ध्येय भएको जानकारी दिँदै आगामी दिनमा पनि पर्यटन र साहित्ययात्रालाई सँगसँगै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानद्वारा सम्मानित व्यक्तित्व तथा पूर्वअध्यक्ष श्रीहरि फुयाँलले आफूले एक दशकसम्म संस्थालाई नेतृत्व दिई आजको अवस्थासम्म ल्याएको बताउनुभयो । संस्थाका सचिव राजेन्द्र सागर र कोषाध्यक्ष लक्ष्मी रूम्बाले संस्थाको गतिविधिबारे प्रकाश पार्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष आरएम डङ्गोलको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।
Categorized in राष्ट्रिय