STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिंहदरबारको फोहोर नउठेपछि सरकारले मेयर बालेनसँग छलफल गर्ने

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २८, मंगलबार

काठमाडौं - सरकारले सिंहदरबारभित्रको फोहोर नउठेपछि त्यस विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)सँग छलफल गर्ने भएको छ ।

मंगलबार (आज) बसेको मन्त्रिपरिषद बैठकमा काठमाडौं महानगरका मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि मन्त्रिपरिषद्ले त्यस विषयलाई गम्भीरतापूर्वक लिँदै समस्या समाधानका लागि छलफल गर्ने निर्णय गरेको हो ।

काठमाडौंको फोहोर व्यवस्थापनमा सरकारले बेवास्ता गरेको भन्दै मेयर बालेनले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिसँगै अहिले सिंहदबारका फोहोर उठेका छैनन् ।

बैठकमा मेयर बालेनसँग फोहोर उठाउनेबारे छलफल र फोहोर उठाउन आग्रह गर्ने पनि निर्णय भएको छ । साथै, फोहोर नउठेको विषयमा जिम्मेवारीबोध गरेर काम गर्न निर्देशन दिने पनि निर्णय भएको छ ।

Categorized in राजनीति