सुजिता बस्नेत भइन् मिस युनिभर्स नेपाल-२०२१
Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक १३, शनिबार
कात्तिक १३, २०७८ - मिस युनिभर्स नेपाल-२०२१ को उपाधि सुजिता बस्नेतले जितेकी छिन् ।
शनिबार साँझ होटल याक एण्ड यतिमा भएको फिनालेमा १५ प्रतियोगीलाई पछि पार्दै बस्नेतले मिस युनिभर्स नेपाल-२०२१ को उपाधि उचालेकी हुन् । उपाधिसँगै बस्नेतले १० लाख रुपैयाँ नगद प्राप्त गरिन् । मिस युनिभर्स नेपाल २०२१ की विजेता बस्नेतलाई अघिल्लो वर्षकी मिस युनिभर्स नेपाल अंशिका शर्माले ताज पहिर्याइदिएकी थिइन् ।
बस्नेतले अब १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिताको फस्ट रनरअप निनाकान्ता मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती र प्रतीक्षा महरा क्षेत्री थर्ड रनरअप घोषित भएका छन् ।
उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावलीलगायत थिए ।
Categorized in साहित्य-कला

