STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुदूरपश्चिमवासीलाई लुम्बिनी भ्रमणको निम्तो

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार

प्रदेश नं– ५ सरकारले मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष—२०७६ को तयारीका क्रममा सुदूरपश्चिम प्रदेशवासीलाई निम्तो दिएको छ । लुम्बिनी भ्रमण वर्ष–२०७६ प्रचारप्रसार उपसमितिले आज यहाँ पत्रकार सम्मेलन गर्दै बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रदेश नं ५ सरकारको तर्फबाट भ्रमणको निम्तो लिएर आएको प्रचारप्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले प्रदेशवासीमा निमन्त्रणा सन्देश पु¥याउन अनुरोध गर्नुभएको हो । सुदूरपश्चिमका पर्यटकीयस्थलमा आउने पर्यटकलाई लुम्बिनी पु¥याउने र लुम्बिनी आएका पर्यटकलाई सुदूरपश्चिमका पर्यटकीयस्थल घुम्ने वातावरण बनाउनका लागि प्रदेश–प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि यो अभियान शुरु गरेको आचार्यले बताउनुभयो । बुद्धको जन्मभूमि रुपन्देहीको लुम्बिनी, क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम, बुद्धस्थल गोटिहवा, सगरहवा, कुदान, अरौराकोट, सिसहनियालगायतका पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकको सङ्ख्या २५ लाख पु¥याउने उद्देश्यसहित प्रदेश नं ५ सरकारले विसं २०७६ लाई लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको हो । कार्यक्रममा सुन्दर सुदूरपश्चिमका पर्यटन अभियन्ता गोपाल हमाल, दिनेशराज भण्डारी, मायाप्रकाश भट्ट र रणचन्द्र श्रेष्ठ लगायतले लुम्बिनी क्षेत्र र सुदूरपश्चिमका पर्यटकीयस्थललाई आपसी समन्वय गरेर एकैसाथ प्रवद्र्धन गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा जोड दिनुभयो । यही वैशाख बुद्धपूर्णिमाका दिन शुरु भई चैत्रशुक्ल पूर्णिमामा समापन गरिने लुम्बिनी भ्रमण वर्ष कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको बताइएको छ ।
Categorized in राष्ट्रिय