STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुनको मूल्य प्रतितोला रु ४०० ले बढ्यो

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १८, मंगलबार

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले वृद्धि भई एक हजार २१० पुगेको महासङ्घले जनाएको छ ।



Categorized in बिजनेस