STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुन्दरको सेवा आजबाट, साझा साउन १ देखि चल्ने

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३०, मंगलबार

काठमाडौं- सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै  काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । सडकमा सार्वजनिक यातायात गुडे पनि यात्रुको संख्या भने न्यून देखिएको छ ।  राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् ।  सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले भने विभिन्न माग राखेर बस नचलाउने बताउँदै आएका थिए । तर, सोमबारदेखि भने विभिन्न कम्पनीले बस सञ्चालन गर्न थालेका हुन् । सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राख्नुपर्ने, सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्कपन्जा अनिवार्य लगाउनुपर्ने, ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्ने, यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने गरी सवारी साधन चलाउन अनुमति दिएको थियो । सुन्दरको सेवा आजबाट केही समय अघिदेखि विद्युतीय बस चलाउँदै आएको सुन्दर यातायात प्रालिले आज (मंगलबार) बाट बस सेवा सुरु गर्ने जनाएको छ । कम्पनीले सरकारले तोकेअनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा पनि नलिने घोषणा गरेको छ । सुन्दरका चार वटा बसले दुईवटा रुटमा सेवा दिने कम्पनीले जनाएको छ । सुन्दर प्रालिका अनुसार सूर्यविनायक–रत्नपार्क र चक्रपथमा सुन्दरका दुई–दुई वटा विद्युतीय बसले सेवा दिनेछन् । साझा यातायात साउन १ देखि चल्ने यसैगरी सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरे पनि साझा यातायातका बस अझै ग्यारेजमै थन्किएका छन् । अब साउन १ गतेदेखि बस चलाउने तयारी गरेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्रराज पाण्डेले जानकारी दिए । ‘अहिले सामान्य गाडी मर्मतको कामसँगै सुरक्षा सावधानीका विषयमा तयारी भइरहेको छ’, पाण्डेले भने, ‘यात्रु र कर्मचारीको सुरक्षाको विषयमा हामी संवेदनशील छौँ ।’ साझाले १ गते केही बस चलाउने र त्यसपछि अवस्था हेरेर गाडीको सङ्ख्या बढाउने उहाँले बताए । साझाले कोरोना भाइरसको सङ्क्रमणअघि लामो दुरीमा समेत सेवा दिँदै आएको थियो । तर सरकारले अनुमति दिएका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा मात्रै अहिले बस चल्नेछ ।
Categorized in उपत्यका