STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुभाष गजुरेललाई लाइफ टाइम र भट्टराईलाई पत्रकारिता पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण ११, सोमबार

सेलिब्रेटी नेपाल प्रतिष्ठानले यही फागुन १३ गते बुधवार काठमाडौं  चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजना गर्ने चौथो संस्करणको ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ मा नेपाली फिल्म क्षेत्रमा विगत चार दशकदेखि सक्रिय कलाकार तथा निर्देशक सुभाष गजुरेललाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने निर्णय भएको कुरा  कार्यक्रमका संयोजक सुरज पौडेलले जानकारी दिएका छन् ।

त्यस्तैगरी, तीन दशक भन्दा लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय पत्रकार कृष्ण भट्टराईलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

पत्रकार भट्टराई पछिल्लो छ वर्षदेखि कलाकर्मी डटकटका प्रधान सम्पादकको रुपमा कार्यरत छन् । त्यसअघि करिव साढे दुई दशकसम्म पत्रकार भट्टराईले कान्तिपुर मिडिया ग्रुपमा आवद्ध रहेर पत्रकारिता गरेका थिए । 

Categorized in राष्ट्रिय