सुरक्षा मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन सरकारले तयारी थाल्ने
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १८, आइतबार
काठमाडौँ – स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन गर्न सरकार तयार रहेकाे र यस विषयमा छलफलकाे लागि सरकारले आह्वान गरेकाे छ।
चलचित्रविकास वोर्डले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ, सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले सिनेमा घरहरुले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी चलाउन सक्ने भए छलफल गरेर अगाडि बढ्न सकिने बताए ।
उनले सिनेमा घर सञ्चालन गर्ने सम्बन्धमा चलचित्र विकास बोर्डले मापदण्ड तयार गरिसकेको र त्यसमा छलफल गरेर छिट्टै टुंगोमा पुग्ने बताए । चलचित्र क्षेत्रलाई खुलाई गतिविधि अगाडि बढाउन सके चलचित्रकर्मीहरु र लगानीकर्ता सबैलाई उत्साहको वातावरण बन्न सक्ने उनले बताए ।
चलचित्र क्षेत्र अतिप्रभावित क्षेत्र भएकाले लकडाउनका कारण परेको असरलाई न्यूनीकरण गर्न मौद्रिक नीतिले सम्बोधन गरेको मन्त्री खतिवडाले बताए । उनले चलचित्रमा भएको लगानीलाई ह्रास हुन नदिन र पूँजी क्षय हुन नदिन नीतिगत रुपमा मिलाउने कामहरु भइसकेको समेत बताए ।
Categorized in सिनेमा