STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुस्त श्रवण भएका व्यक्तिलाई साङ्केतिक भाषाको तालीम

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार

जुम्लामा सुस्त श्रवण भएका बालबालिकाका अभिभावकका लागि “साङ्केतिक भाषा” को तालीम शुरु भएको छ । 
 
प्लान इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपालको आयोजनामा कर्णाली मावि अनामनगरमा अध्यनरत् सुस्त श्रवण भएको बालबालिकाका अभिभावकका लागि लक्षित गरी तीनदिने सो तालीम शुरु गरिएको हो । 
बुझ्न पाउने अधिकार सबै नागरिकको भएकाले साङ्केतिक भाषाको तालीम शुरु गरिएको प्लान नेपालका अधिकृत दिलीप बोहाराले बताउनुभयो । 
सुस्त श्रवण भएका व्यक्तिमा पनि आफ्नै खालको विशिष्ट क्षमता हुने भएकाले उनीहरुको क्षमतालाई उजागर गर्नका लागि तालीमको आयोजना गरिएको किर्डाक नेपालका गणेश बोहोराले बताउनुभयो  ।  
बच्चाले बोलेको कुरा थाहा पाउँदा र आफूहरुले भनेको बच्चाहरुले बुझ्न सक्ने हुँदा तालीममा सहभागी अभिभावक खुशी भएका छन् । साङ्केतिक भाषाका बारेमा आवश्यक ज्ञान नहुँदा अभिभावकलाई सारै गारो भएको कर्णाली मावि अनमनगरका सुस्त श्रवण कक्षा स्रोत शिक्षक देवेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो । 
नेपालको विभिन्न कानूनमा सरकारी कार्यालयमा दोभाषे हुनुपर्ने व्यवस्था गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 
Categorized in राष्ट्रिय