STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सूर्य चिन्ह फ्रिज गराउने षडयन्त्र हुँदैछ : माधव नेपाल

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २०, मंगलबार

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भएको बताएका छन् ।

सोमबार नेकपा प्रचण्ड¬–माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भइरहेको बताएका हुन् ।

निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरु उठाउन खोज्नुले षडयन्त्र भइराखेको अनुभुति भएको बताए । केन्द्रीय कमिटीमा एक चौथाई सदस्य समेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दावी गर्दै अध्यक्ष नेपालले आफूहरु नै आधिकारिक भएको बताए । उनले भने ‘निर्वाचन आयोगले यसबीचमा हामीलाई पत्र पठाएको छ र त्यो पत्रमा उसले आधिकरिकताका सवालहरु उठाउन खोजेको देखिन्छ । प्रष्ट के छ भने पार्टीको आधिकारिकता कोसँग रहन्छ केपी ओली जोसँग एक चौथाई केन्द्रीय सदस्य पनि छैनन त्योसँग पार्टीको आधिकारिकता हुन सक्दछ ? दावा गर्न मिल्छ ? त्यसो हुनाले सबै सवालहरुको बारेमा हामीले समुचित जवाफ दिनुपर्ने आवश्यकता छ । हरेक सडयन्त्र भइरहेका छन की पार्टीको आधिकारिकताको कसैलाई पनि नदिने, निर्वाचन चिन्ह कसैलाई पनि नदिएर फ्रिज गर्ने खालका ठूलो षडयन्त्रहरु भइरहेको छ ।’

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौंको बबरमहल स्थित कार्की ब्यांक्वेटमा बसेको नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीको चौथो बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस अघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णय सहित अध्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अध्यावधिक नगरी पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । उनले भने ‘निर्वाचन आयोगले पार्टीको विधान अनुसार पार्टीका बैठकहरु गरेर पार्टीको पदाधिकारीको सन्दर्भमा फेरबदल गरिएको निर्णय सहित अध्यावधिक गर्न अनुरोध गरेकोमा त्यो अध्यावधिक गर्ने बारेमा जुन पत्र निर्वाचन आयोगले हाम्रो पार्टीलाई पठाएको छ त्यस सन्दर्भमा पार्टीको तर्फबाट लिखित जवाफ सहित पार्टीको आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने पनि बैठकले निर्णय लिएको छ ।’

Categorized in राजनीति