स्ट्रेचर वितरण
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार
सिलिचोङ गाउँपालिकाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्टे«चर वितरण गरिएको छ ।उक्त गाउँपालिका समन्वय समितिले स्ट्रेचर खरीदका लागि गत असोज महीनादेखि रकम सङ्कलन अभियान गरी उठेको सहयोगबाट स्टेचर खरीद गरेको हो । सो अभियानमार्फत देश तथा विदेशमा रहेका सिलिचोङवासीबाट आठ लाख ४१ हजार रकम सङ्कलन भएको र त्यसबाट १२३ थान स्ट्रेचर खरीद गरिएको समितिका अध्यक्ष संयोगान्त कुलुङले जानकारी दिनुभयो ।
सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दूरीमा पर्ने जिल्लाकै दुर्गम उक्त गाउँपालिकामा स्वास्थ्य सेवामा पहुँच बढाउने अभियानअन्तर्गत स्थानीयवासीको चन्दा सहयोगमा स्ट्रेचर खरीद गरेर वितरण गरिएको अध्यक्ष कुलुङले बताउनुभयो । विकट भौगोलिक अवस्थाका कारण बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या हुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेकाले गाउँपालिकाका हरेक बस्ती र टोलटोलमा पुग्ने गरी स्ट्रेचर वितरण गरिएको उहाँको भनाइ थियो ।
सडक यातायातको पहँुच नभएकाले सहयोगीबाट प्रदान गरिने भनिएको एम्बुलेन्ससमेत गाउँसम्म लान नसकिएकाले स्ट्रेचर अभियान नै शुरु गरिएको उक्त गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । माङ्तेवा, याफु, ताम्कु, बाला, सिसुवा लगायतका बासिन्दा बिरामी पर्दा स्ट्रेचरबाट स्वास्थ्य केन्द्रसम्म ल्याउन सहज हुने पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको भनाइ थियो । त्यहाँका बासिन्दाले यसअघि डोकोमा बिरामी बोकेर स्वास्थ्य संस्था लैजाने गर्दथे ।
Categorized in राष्ट्रिय


