STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्थानीय तहको प्रतिबद्धताः वातावरण संरक्षण

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १०, मंगलबार

बझाङ जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले वातावरणमा पर्नसक्ने असरलाई ध्यानमा राखी नौबुँदे प्रतिबद्घता व्यक्त गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले गरेको एक कार्यक्रममा १२ वटै स्थानीयतहका जनप्रतिनिधिले सामूहिकरुपमा प्रतिबद्घता व्यक्त गरेका हुन् । जसमा स्थानीय सरकार सञ्चालन ऐनअनुसार आगामी दिनमा सडक निर्माण गर्दा सडक गुरुयोजना बनाइने, वन तथा वातावरणको क्षेत्रमा बजेट विनियोजन गरी विपद् कोषको स्थापना गर्ने, फोहर व्यवस्थापन कार्यविधि बनाई, फोहर व्यवस्थापनका लागि डपिङ साइडको व्यवस्था गरिने, सेती नदी र जलाधार क्षेत्रमा फोहर नफाल्नेलगायतका प्रतिबद्घता जनाएका हुन् । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले भन्नुभयो, “बझाङ जिल्लामा जथाभावी सडक निर्माणका कारण वातावरणमा क्षति पुगेकाले आगामी दिनमा सडक विस्तार गर्दा दिगो र वातावरणलाई समेत मध्यनजर गर्दै, वातावरणमैत्री सडक निर्माण तथा जुनसुकै काम गर्दा पनि वातावरण क्षेत्रलाई ध्यानमा राखेर गर्न स्थानीयतहलाई आग्रह गर्नुभएको छ ।” प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बझाङ जिल्लामा पहिलेको तुलनामा डोजरको प्रयोग तथा सडक निर्माणको होडबाजी कम भएको र वातावरणीय मूल्याङ्कन गरेर आवश्यक ठाउँमा मात्रै सडक निर्माणका लागि डोजर लगाउनुपर्नेमा जोड दिँदै वातावरणमैत्री भौतिक संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । नेपाल वातावरण पत्रकार समूहका कोषाअध्यक्ष सविन शर्माले वातावरण संरक्षणमा सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
Categorized in उपत्यका