स्थानीय तह उपनिर्वाचन : दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान
Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर १६, आइतबार
काठमाडौं - स्थानीय तह उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । स्थानीय तहका रिक्त ४१ पदमा जनप्रतिनिधि चयनका निम्ति मतदान भइरहेको हो । ४१ पदका लागि ३७६ उमेदवार प्रतिस्पर्धामा छन् ।
काठमाडौं महानगरपालिका–१६, कीर्तिपुर नगरपालिकासहित सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार दिउँसो १ बजेसम्म समग्रमा ४५ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । बिहान ७ बजेदेखि सुरु मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् ।
Categorized in राजनीति

