STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वस्थानी ब्रत स्थलबाटै चन्दा बाकस गायब

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ८, बुधबार

भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको प्रसिद्ध हनुमन्ते नदी किनारमा माधवनारायण ब्रत बस्नेहरुका लागि खुल्ला रुपमा चन्दा स्वरुप चन्दा बाकस राखी संकलन गरिएको दान बाकस ब्रतको अन्तिम दिन राती अज्ञात व्यक्तिले फुटाएर त्यसमा रहेको नगद चारी गरेका छन् । माधवनारायण ब्रत धलं सेवा समितिका सचिव लक्ष्मीप्रसाद रंजितले दिनु भएको जानकारी अनुसार सोमबार राती १० बजेसम्म सुरक्षित रहेको सो चन्दा बाकस रातको समयमा निर्मानाधिन प्िश्चमपट्टि रहेको भवनबाट पसी शिशा फुटाएर चोरी गरेको हुनसक्ने बताइएको छ । बाकसमा करिब २०—२२ हजार रकम जम्मा भएको हुनसक्ने पनि समितिले अनुमान गरेको बताइएको छ । माघ ७ गते सुरु भएको माधवनारायण ब्रत तथा स्वस्थानी बाचन  फागुन ७ गते मंगलबार सम्पन्न भएको थियो ।
Categorized in अपराध-दुर्घटना