STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वस्थानी मेलाभर साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १, आइतबार

शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ ।

शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो ।

शालिनदी यातायातका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले शालिनदी मेला भर्न पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म पुग्नका लागि साँखुस्थित नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुईवटा बस निःशुल्क प्रदान गरिएको राससलाई जानकारी दिनुभयो ।

काठमाडौँको उत्तरी भाग शङ्खरापुर नगरपालिकामा पर्ने मणिचुड पर्वतको दुई पहराको बीचमा अवस्थित बज्रयोगिनी मन्दिर धार्मिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । भगवान बुद्धको तपस्याबाट प्रशन्न भई प्रकट हुनुभएकी पार्वती नै बज्रयोगिनी भएको किवंदन्ती छ । यहाँ बौद्ध र हिन्दू परम्पराअनुसार देवीको पूजा गरिन्छ ।

उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन् । यस्तै शालिनदी मेला भर्न गएका भक्तजनसमेत एकपटक बज्रयोगीनी मन्दिरसम्म पुग्ने गरेका छन् ।

गत वर्षहरूमा कोरोनाका कारण शालिनदी मेला भर्ने भक्तजनको सङ्ख्या तुलानात्मकरूपमा कम भए पनि यस वर्ष भने शालिनदी मेला भर्ने भक्तजनको सङ्ख्या ३० लाखभन्दा बढी हुने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

Categorized in उपत्यका