STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्यकर्मीको खानतलासी गर्ने पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ४, आइतबार

काठमाडौं – उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा खटेका एकजना स्वयंसेवी युवक स्वास्थ्यकर्मीमाथि दुव्र्यवहारको आरोपमा आइतबार पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिकाका उत्तम कार्कीविरुद्ध कसुरसम्बन्धी अभियोगमा कारवाही प्रक्रिया थालिने प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जनाएका छन् । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटेका कार्कीलगायत अन्यले शुक्रबार दिउँसो प्रदेश ३ को जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. नारायण कार्कीमाथि दुव्र्यहार गरेका थिए । कार्कीले प्रहरीसामु नै खानतलासी गरेका थिए जसको चौतर्फी विरोध भइरहेका छन् । निर्देशक कार्कीमाथि दुव्र्यवहार भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरेको थियो । अत्यावश्यक कामले काठमाडौं आएको भनेर उनले बताउँदा बताउँदै ती युवकले उनको गाडी र झोलाको खानतलासी गरेका थिए ।
Categorized in राष्ट्रिय