STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य मन्त्रालयले दियाे कोराेना तेस्राे लहरकाे चेतावनी

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ७, बिहिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । 

बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन, शय्या लगायतका पूर्वाधारहरू तथा सेवा चुस्त दुरुस्त राख्नुहुन अनुरोध समेत छ,' मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यको मापदण्ड उल्लंघन बढेकाले कोरोना संक्रमणको दर पनि बढेको उल्लेख गरेको छ । हाल १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको भन्दै मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको बताएको छ । 

मन्त्रालयले खोप लगाउन जाँदा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ ।

Categorized in स्वास्थ्य-मौसम