STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हनुमानढोका क्षेत्रभित्रको मल्लकालीन शिलालेख तोडफोड

Janjati Khabar – Janjati Khabar | २०७८ पौष १६, शुक्रबार

१६ पुस, काठमाडौं - अज्ञात समूहले हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड गरेको छ । बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

उनका अनुसार सो अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको हो । अभिलेख तोडफोड भएको जानकारी पछि त्यसका सबै टुक्राहरु संकलन गरेर हेरचाह अड्डामा सुरक्षित राखिएको खनालले जानकारी दिए ।

अभिलेख तोडफोडको बारेमा महानगरीय प्रहरी वृत्त हनुमानढोका र पुरातत्व विभागलाई जानकारी गराइसकिएको हेरचाह अड्डाले जनाएको छ । हेरचाह अड्डाले सो अभिलेखको टुक्रालाई जोडेर पहिलेकै अवस्थामा ल्याउनको लागि विज्ञहरुसँग छलफल गरिरहेको जनाएको छ ।

Categorized in उपत्यका