STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हाटबजारका लागि नयाँ भवन निर्माण हँुदै

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २०, शुक्रबार

गुणस्तरीय र व्यवस्थित हाटबजारका लागि जिल्ला सदरमुकाममा  नयाँ  भवन निर्माण  भइरहेको  छ । करीब रू ३५ करोड, ४५ लाख ३० हजार ६२० को लागतमा निर्माण भइरहेको सो भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो ।  उक्त नगरपालिकामा अवस्थित  हाटबजारलाई व्यवस्थित गर्न  नयाँ भवन निर्माण गरी व्यवस्थित ढङ्गले हाट बजार सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । 
रसुवा रोशन कन्ट्रक्सन प्रालीले ठेक्का लिएको उक्त भवन तीन वर्षभित्र निर्माण गरिने  नगरपालिकाले जनाएको छ । नगरप्रमुख यादवले हाटबजारको नयाँ भवन बनाउने कार्य करीब ५० प्रतिशत सकिएको जानकारी दिँदै आफ्नो कार्यकालसम्ममा यो बजारलाई गुणस्तरीय र व्यवस्थित  बनाएर छाड्ने विश्वास दिलाउनुभयो । नयाँ भवन बनाउन थालिएकाले अहिले पुरानो हाटबजार क्षेत्रमा लाग्ने तरकारी बजारलाई पश्चिमतर्फ पुरानो माछा हाटमा लगाइएको छ । 
यसअघि लाग्ने माछा हाटलाई वडा नं ४ स्थित नगरपालिकाकै स्वामित्वमा रहेको खाली स्थानमा टहरा बनाएर उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ  । हाल हाटबजारमा मानिसलाई  जन्मदेखि मरणसम्मका लागि चाहिने सम्पूर्ण सामग्रीका साथै खाद्यान्न, ताजा तरकारी, फेन्सी सामग्री, औषधि, सियो, धागोदेखि नून, तेलसम्म पाउने गरेको छ ।
भारतको गुलाबी शहरको नामले प्रख्यात जयपुर शहरको नक्शामा आधारित राजविराज बजारलाई  टाउन प्लानिङ गरी विसं २०१६ मा स्थापना गरिएको थियो । 
Categorized in राष्ट्रिय