STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हास्य कलाकार रेवन्तलाल पनि गायनमा

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ २६, सोमबार

नेपालभाषाको लोकप्रिय टिभि प्रोग्राम  "समयबजि" लगायत रङ्गमन्च मा धेरै  कार्यक्रमहरु मार्फत हास्य अभिनयमा ख्याति कमाउनु भएका लोकप्रिय कलाकार रेवन्तलाल श्रेष्ठले अब गायकका रुपमा पनि आफ्नो कलायात्रा अगाडि बढाएका छन् । कलाकार श्रेष्ठको स्वर रहेको" ह्याउँ ख्वाः मिसा " ( रातोपिरो अनुहार कि महिला) बोलको गीतको म्युजिक भिडियोकाे हालै एक समारोहमा सार्वजनिक गरिएको छ ।

धेरै लामो समयदेखि संगीत क्षेत्रमा जीवन यापन गरीरहनु वरिष्ठ गायक जुजुकाजि रन्जित प्रमुख अतिथी रहेको सो कार्यक्रममा चलचित्र पत्रकार विजयरत्न असंबरेले म्युजिक भिडियोकाे समीक्षा गरेका थिए ।

सो समारोहमा सार्वजनिक गरिएको म्युजिक भिडियोका परिकल्पनाकार र निर्देशक सुरेन्द्र मानन्धरले स्वागत मन्तव्य राखेका थिए भने नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष सुरजबीर बज्राचार्य लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

अग्रज संगीतज्ञ विष्णु जलमीको रचना र संगीत ,  जिवित जल्मीको संगीत संयोजन आयुष महर्जनको छायाँकन र इन्द्र मानन्धरको   सम्पादन रहेको छ ।

गायक रेवन्त लाल श्रेष्ठ स्वयंको प्रमुख भुमिका रहेको यस म्युजिक भिडियोमा रबिता बके श्रेष्ठ, सना शाक्य, सुरेश मानन्धर, दिब्यरत्न बज्राचार्य, लक्ष्मीनाथ मदगलिया र निर्देशक सुरेन्द्र मानन्धरले समेत अभिनय गरेका छन् ।

Categorized in स्वास्थ्य-मौसम