STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हिलटाउन स्कूलमा धावक बैकुण्ठ मानन्धरसंग साक्षात्कार र सम्मान कार्यक्रम सम्पन्न

Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ श्रावण २६, सोमबार

कीर्तिपुर/हिलटाउन माध्यमिक विद्यालय बाघभैरवस्थान कीर्तिपुरमा गत शुक्रबार राष्ट्रिय कीर्तिमानी धावक वैकुण्ठ मानन्धरसँग भव्यताका साथ साक्षात्कार कार्यक्रम आयोजना भएको छ । 

हिलटाउन विद्यालय परिवार, कीर्तिपुर क्षेत्रका खेलकुद प्रेमी महानुभावहरू, बुद्धिजीवीहरू तथा विद्यार्थीहरू उक्त साक्षात्कार कार्यक्रममा सहभागी भएका थिए । 

साक्षात्कार कार्यक्रममा नेपाली एथ्लेटिक्सका महापुरूष वरिष्ठ धावक बैकुण्ठ मानन्धरले आफ्नो बाल्यकालदेखि वर्तमानसम्मको भोगाई तथा अनुभवलाई निकै रोचक ढंगले सुनाउनुभयो । मानन्धरले आर्थिक रुपमा परिवार सबल नभएको र तत्कालीन सरकारबाट पनि खासै सहयोग नभएको अवस्थामा पनि व्यक्तिगत लगनशीलता, धैर्यता र परिश्रमका कारण Olympic Games मा लगातार चार पटक सहभागी भएको र South Asian Games मा लगातार स्वर्ण पदक जितेर रेकर्ड कायम गर्न सफल भएको सम्झना गर्नुभयो । 

मानन्धरले आफ्नो लक्ष्य हासिल गर्नका लागि धेरै मिहेनत र परिश्रम गरेको अनुभव सुनाउँदै विद्यार्थीहरूलाई आफ्नो जीवनमा आइपर्ने अनेकौं समस्याहरूलाई झेल्दै, आगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । 

सोही कार्यक्रममा नेपाली एथ्लेटिक्समा कीर्तिपुरलाई प्रतिनिधित्व गर्दै देश विदेशमा International Veteran Marathoner का रुपमा प्रसिद्धि कमाउन सफल धावक धर्म महर्जनलाई पनि विशेष रुपमा सम्मान गरिएको थियो । 

उक्त साक्षात्कार कार्यक्रममा धावक धर्म महर्जनलाई हिलटाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रिन्सिपल र कार्यक्रमका प्रमुख अतिथि वैकुण्ठ मानन्धरले दोसल्ला, प्रशंसा पत्र र नगद रु. १०,०००/– हस्तान्तरण गरीे सम्मान गर्नुभएको थियो । 

विद्यालयका प्रधानाध्यापक राजन तण्डुकारले आयोजकको तर्फबाट उपस्थित सम्पूर्णलाई स्वागत एवम् धन्यवाद दिनुहुँदै धावकद्वय बैकुण्ठ मानन्धर र धर्म महर्जनलाई सफल र सुखद् जीवनको लागि शुभकामना व्यक्त गर्नुभयो । 

Categorized in खेलकुद