STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

होटलमा खाद्य स्वच्छता स्टीकर

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ९, सोमबार

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले दमौलीमा सञ्चालित छ वटा होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता स्टीकर टाँस गरेको छ । होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्टको वर्गीकरणका लागि आइतबार ती होटल तथा रेष्टुरेण्टमा खाद्य स्वच्छता स्टीकर टाँस गरेको हो । दमौलीमा सञ्चालित प्रेरणा नेवा खाजा घर र लाङ्घाली होटलमा उत्तम ९ख०, ट्रान्जिट रेष्टुरेण्ट, मटन तास घर र हाइफाइभमा सन्तोषजनक ९ग० र श्रेष्ठ खाजा घरमा सामान्य ९घ० स्टीकर टाँस गरिएको डिभिजन प्रमुख शिवजी बरालले जानकारी दिनुभयो । बरालका अनुसार होटलहरुको अनुगमन र मूल्याङ्नका आधारमा खाद्य स्वच्छता स्टीकर टाँस गरिएको हो । बरालले भन्नुभयो, “अनुगमन र मूल्याङ्कनलाई आधार मानेर स्टीकर टाँसेका हौ टाँस गरिएको हो, अन्य होटलहरुमा विस्तारै स्टीकर टाँस गरिनेछ ।” होटल तथा रेष्टुरेण्टमा खाद्य स्वच्छता स्टीकर टास्ँदै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्न नहुने र सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यालयले यसअघि ९ वटा होटल तथा रेष्टुरेण्टमा खाद्य स्वच्छता स्टीकर टाँसेको थियो । प्रमुख बरालका अनुसार विकास चिया पसल, सन्तोष होटल, सुरेश मिष्ठान्न भण्डार, सुनगाभा होटलमा उत्तम लोगो सहितको स्टिकर टाँस गरिएको छ । होटल पञ्चम र सासा इनमा उत्तम, टिका तास घर, मुन लाइट रेष्टुरेन्ट एण्ड विन्स क्याफे र हरि मिष्ठान्न भण्डारमा सन्तोषजनक लोगो सहितको स्टिकर टाँस गरिएको छ । डिभिजन प्रमुख बरालका अनुसार होटल तथा रेष्टुरेन्टको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्याङ्कनको आधार बनाइएको छ ।
Categorized in राष्ट्रिय