STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

होम आइसोलेसनमा मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २, आइतबार

होम आइसोलेसनमा काेराेना संक्रमितकाे मृत्यु भएमा परिवारले नै शव व्यवस्थापन गरी अन्तिम संस्कार गर्नुपर्ने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन सम्बन्धि कार्यविधि संशोधन गर्दै होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै शवको व्यवस्थापन गर्नुपर्ने मापदण्ड बनाएको हो । 

कार्यविधिमा भनिएको छ, ‘कुनै व्यक्तिको घर वा आइसोलेसनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधि वा प्रहरीलाई खबर गर्नुपर्दछ । परिवारका सदस्यहरूले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिहरूले सजगता अपनाई अन्त्येष्टि गर्नुपर्दछ । यस्तो कार्यमा बच्चा र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलगायत जोखिम समूहमा पर्ने व्यक्तिलाई समावेश गराइनु हुँदैन ।’

सुरक्षाका सामग्री पन्जा, मास्क, पूरा बाहुला भएको गाउन लगाउन कार्यविधिमा भनिएको छ । 

यसअघि कोरोना संक्रमितको मृत्यु भएमा सरकारले नै शवको व्यवस्थापन गर्दै आएको थियो । 

Categorized in राष्ट्रिय