१० करोडको क्षतिपुर्तिसहित भुवन केसीले गरे साम्राज्ञीविरुद्ध मुद्दा दायर
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १०, शनिबार
काठमाडौँ : अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध १० करोडको क्षतिपुर्तिको मागदावीसहित गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।
शुक्रबार दिउँसो केसीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
केसीले शाहसँग १० करोडको क्षतिपुर्तिको मागदावी गर्दै मुद्दा दायर गरेको बताइएको छ ।
केसी र शाहविरुद्ध गहिरो विवाद रहेकाे छ । गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै केसीले आफूलाई दुर्व्यवहार गरेको दावी गरेपछि उनीहरुबीच विवाद सुरु भएको थियो । केसीबाट आफू पीडित भएको भन्दै शाहले भिडिओ सन्देश सार्वजनिक गर्दैआएकी छन् ।
Categorized in सिनेमा