१२ः४५ सम्म ३२ प्रतिशत मतदान : निर्वाचन आयोग
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ४, आइतबार
काठमाडौं - आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिनुभएको हो । साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताउनुभयो ।
Categorized in राजनीति

