१४९ सांसदको हस्ताक्षरसहित देउवाले गरे प्रधानमन्त्रीमा दाबी
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ७, शुक्रबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई समूह र एमालेको माधव नेपाल समूहका १ सय ४९ सांसदको हस्ताक्षरसहित उनले प्रधानमन्त्रीमा दाबी गरेका हुन् । माधव समूहका २७ जना सांसदले हस्ताक्षर गरेको कांग्रेस नेता गगन थापाले जानकारी दिए ।
संविधानको धारा ७६ को उपधारा ५ मा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले बहुमतको आधार प्रस्तुत गर्दै प्रधानमन्त्रीमा दाबी गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था अनुसार देउवाले बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
Categorized in राजनीति

