STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१४ वर्षीया भतिजी बलात्कार गर्ने पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २०, मंगलबार

जिल्ला प्रहरी कार्यालय कास्कीले सर्लाही प्रहरीको सहयोग र समन्वयमा नाताले आफ्नै भतिजी पर्ने चौध वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा २१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

गत पुस दुई गते घरमा कोही नभएको बेला डरधम्की देखाएर ती पुरुषले बालिकालाई जर्वजस्ती करणी गरेको र त्यसको गर्भबाट छोरा जन्मिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिनुुभयो । 

उहाँका अनुसार प्रहरीमा जाहेरी परेपछि सर्लाही प्रहरीको समन्वयमा ती पुरुषलाई यही असोज १८ गते पक्राउ गरी कास्की ल्याएर आवश्यक कारवाही अगाडि बढाइएको छ । आरोपितविरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको  उहाँले बताउनुभयो । 

त्यसैगरी प्रहरीले पोखरा–१६ बाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१६ तुम्केस्थित बाटोमा हिडिरहेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट डाइजोपाम सात एम्पुल, फेनेरागन सात एम्पुल, बुर्फिनर्फिन सात एम्पुल गरी कूल २१ एम्पुल र लागुऔषध गाँजा एक केजी २२३ ग्राम फेला परेको छ । 

पक्राउ पर्नेमा पोखरा–१६ जोगमणीका २१ वर्षीय समिर गुरुङ र अथित गुरुङ, २४ वर्षीय मोहित खवास, पोखरा– १९ का मनोज विक र धादिङ सुनौला बजार घर भई पोखरा–१६ बस्ने ३० वर्षीय कुमार ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन–२०३३ विपरितको कसूरअन्तर्गत कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिनुभयो ।

Categorized in अपराध-दुर्घटना