STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

३४ किलो गाँजासहित फर्केका प्रहरीमाथि आक्रमण, एक राउन्ड हवाई फायर

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २७, शनिबार

काठमाडौं – राप्ती नगरपालिका–१२ बाट ३४ किलो गाँजा बरामद गरेर फर्किरहेको प्रहरी टोली शुक्रबार राति स्थानीयबासीको आक्रमणमा परेको समाचार प्राप्त भएको छ । गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा आक्रमण भएको थियो । प्रतिकारस्वरुप प्रहरीले एक राउन्ड हवाई फायर जनाइएको छ । आक्रमणबाट प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएको जनाइएको छ । स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय भण्डाराको दुईटा गाडीमा क्षति पुगेको पनि जनाइएको छ । प्रहरीले आक्रमणमा संलग्न चारजनालाई पक्राउ गरेको जनाइएको छ ।
Categorized in अपराध-दुर्घटना