STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

४८ वर्षपछि खानेपानी

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

दाङको लमही नगरपालिका–६ स्थित कुलमोहरवासी खानेपानीको सुविधा भएपछि खुशी छन् । नगरपालिकाकै विकट क्षेत्र पर्ने कुलमोहरमा यसअगाडि धेरै नेता आए विकास दिन्छु भने तर कसैले सिन्को भाँचेनन् । विकास गर्न धेरै बाँकी रहेको कुलमोहरमा पहिलो पटक धारामा पानी खसेपछि विकासको महसुस हुन थालेको स्थानीयवासी श्यामसिंह गिरीले बताउनुहुन्छ । “साह्रै पछाडि परेको गाउँ हो हजुर यो, खानेपानीको धेरै समस्या थियो,” गिरीले भन्नुभयो, “यो बस्तीमा पहिलो पटक पानीको धारा खस्यो ।” कुलमोहर बस्ती बसेको करीब ४८ वर्ष भयो । त्यहाँका स्थानीयवासीले घर नजीकै रहेको खोलाको पानीले जीवन चलाउँदै आएका थिए । लमही–घोराही सडकखण्डको नजीकै पर्ने कुलमोहर गाउँ लमहीको बजारभन्दा पनि पुरानो गाउँ भनेर चिनिन्छ । अर्जुन खोलाको जरुवाको पानी खाएर कुलमोहर गाउँवासी हुर्किए । करीब ९० घरधुरी सङ्ख्या रहेको कुलमोहरवासीले वनको बाटो भएर करीब एक घण्टा पैदल हिँडेर पिउने पानी ल्याउनुपर्ने समस्या रहेको कमला गिरीले बताउनुभयो । तर लमही नगरपालिका–६ को कार्यालयले कुलमोहरवासीको मुहारमा परिवर्तन ल्याइदिएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको लागत अनुमानअनुसार कुलमोहर गाउँमा धारा जडानका निम्ति वडा नं ६ को वडा कार्यालयबाट रु दश लाख बजेट विनियोजन भएको थियो । सोही बजेट र लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्राविधिक सहयोगमा गाउँमा धारा पु¥याउन सफल भएको वडाध्यक्ष गणेशमान चौधरीले बताउनुभयो ।
Categorized in राष्ट्रिय