८९९ जनामा कोरोना संक्रमण, थप ७ जनाकाे कोरोनाबाट ज्यान गयाे
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १५, सोमबार
काठमाडौंमा – पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म नेपालमा संक्रमतिहरुको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १९० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।
यसैगरी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। यो सहित ज्यान गुमाउनेको संख्या २२८ पुगेको हो । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ महिलासहित ७ जनाको मृत्यु भएको छ। सोमबार कोरोनाबाट मृत्यु हुनेमा महोत्तरीमा एक बालिका वर्षीय,गोरखामा दुई महिला र झापा, रौतहट, चितवन र भक्तपुरमा एक/ एक गरी चार पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
मन्त्रालयका प्रवक्ता गौतमका पीसीआर परीक्षण गरिएका ११ हजार १२९ स्वाबमध्ये ८९९ स्वाबको कोरोना रिपोर्ट पोजिटिभ आएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना जित्नेको संख्या २१ हजार ४१० पुगेको छ। अहिले क्वारेन्टाइनमा ७ हजार ३३७ जना रहेका छन्। नेपाल सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ। संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेका छन् भने होम आइसोलेसनमा ७ हजार १२१ जनाको उपचार भइरहेको छ।
Categorized in राष्ट्रिय