STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०१९’ सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार

सिजन मिडियाले विभिन्न १६ विधामा सक्रिय भूमिका निर्वाह गर्दै आएका व्यक्तिलाई सम्मान गरेको छ । एक दशक पूरा गरेको अवसर पारेर मङ्गलबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा १० वर्षदेखि सक्रिय रही सफलता हासिल गरेका व्यक्तित्वलाई सम्मान गरिएको हो । 
वर्ष २०१९ को ‘उत्कृष्ट कला र ग्राफिक डिजाइनर’मा विशाल चौधरी, ‘उत्कृष्ट युवा महिला उद्यमी’मा शान्ति लिम्बू, ‘उत्कृष्ट बहुमुखी गायक’मा दिनेश थापा, ‘उत्कृष्ट युवा प्रेरणा सामाजिक कार्यकर्ता’मा नीता राउत, ‘उत्कृष्ट महिलामा’ एलिना तुलाधर, ‘उत्कृष्ट ब्युटिसियन’मा गोपीमाया थुलुङ, ‘उत्कृष्ट फेसन डिजाइनर’मा राधा ढकाल सापकोटा, ‘उत्कृष्ट समाचार लेखन’मा लक्ष्मी खतिवडा र ‘उत्कृष्ट फोटोग्राफर’मा राजन काफ्लेले अवार्ड प्राप्त गर्नुभयो । 
त्यसैगरी ‘उत्कृष्ट सामाजिक कार्यकर्ता’मा छमकला बुढाथोकी, ‘उत्कृष्ट विवाह फोटोग्राफी’मा मोहम्मद शहनवाज, ‘उत्कृष्ट व्यावसायिक अन्तर्राष्ट्रिय शारीरिक सुगठन’मा महेश्वर महर्जन, ‘उत्कृष्ट बङ्गगलादेश फोटोग्राफर’मा सलमा अहमद, ‘उत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमाग्राफर’मा विष्णुप्रसाद घिमिरे, ‘उत्कृष्ट अन्तर्राष्ट्रिय कोरियोग्राफर’मा रोजिन शाक्य र ‘उत्कृष्ट वरिष्ठ फोटोपत्रकार’ अवार्ड राजेन्द्र चित्रकारलाई प्रदान गरियो । 
सो अवसरमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले विभिन्न क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गरेकामा खुशी व्यक्ति गर्दै विदेशमा रहेका नेपालीलाई पनि समेट्न सुझाव दिनुभएको थियो । सिजन मिडियाका मुख्य कार्यकारी अधिकृत प्रदीपराज वन्तले समाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 
Categorized in राष्ट्रिय