STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘उपत्यकाकाको निर्वाचन सुरक्षामा कुनै कसर बाँकी राखिएको छैन’

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २, शुक्रबार

यही ४ गतेको चुनाव प्रभावित पार्ने उद्देश्यले काठमाडौँका विभिन्न चार स्थानमा राखिएका शङ्कास्पद वस्तु हटाइएकोे छ । निर्वाचनको पूर्वसन्ध्यामा तर्साउनका लागि राखिएको नक्कली वस्तु आज हटाइसकिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ती सबै वस्तु नक्कली रहेको र नेपाली सेनाको बम डिस्पोजल टोलील हटाएको हो । उहाँले ती वस्तुहरू आज ललितपुरको एकान्तकुना, काठमाडौँको तारकेश्वर नगरपालिका–१, भत्केको पुल नजिक र अर्को बूढानीलकण्ठको स्पेसलचोकमा फेला परेको जानकारी दिनुभयो ।

गए रातिदेखि नै निर्वाचनको मौन अवधि सुरु भएसँगै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको उहाँले बताउनुभयो । उहाँले उपत्यकाको तीन जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर०मा कूल पाँच हजार चार सय ७३ म्यादी र र चार हजारमाथि नेपाल प्रहरी निर्वाचनका लागि खटिएका जानकारी दिनुभयो । नियमित सुरक्षामा तीन हजारभन्दा बढी परिचालित रहेका छन् । अझै निर्वाचनमा सुरक्षा जनशक्ति बढाउने क्रममा रहेका पनि उहाँले बताउनुभयो । “निर्वाचनको शान्तिसुरक्षामा कुनै कसर बाँकी राखिएको छैन, निर्वाचन लक्षित सुरक्षा योाजना अनुसारका टोलीहरु खटिएर गइसकेका छन्, निर्वाचन शान्तिपूर्ण हुन्छ”, रिजालले भन्नुभयो ।



Categorized in उपत्यका