‘एसइईको हाउगुजी अन्त्यका लागि प्राविधिक शिक्षामा प्राथमिकता’
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १३, शुक्रबार
माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई को हाउगुजी अन्त्य गर्न विद्यालय तहदेखि नै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिन सरोकारवालाले जोड दिएका छन् । बिहीबार सार्वजनिक २०७५ सालको एसइईको परीक्षाफलमा सार्वजनिक विद्यालयका विद्यार्थीको नतिजा सन्तोषजनक नभएको सन्दर्भमा वक्ताले शिक्षामा अति राजनीतिकरण रोक्न र सीपमुखी शिक्षामा लाग्न सुझाएका हुन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बुद्धिजीवी डा सुरेन्द्र केसीले राजनीतिक नेतृत्वले शिक्षकलाई आफ्नो कार्यकर्ता बनाउन नछाडेकाले गुणस्तरमाथि उठ्न नसकेको भन्दै शैक्षिक जनशक्तिले रोजगारी गर्न सक्ने र रोजगार पाउने अवस्था हुने गरी नीति र कायक्रम आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो शिक्षाको राष्ट्रिय लक्ष्य के हो रु पहिला यो स्पष्ट हुनुपर्छ । शैक्षिक असफलताको जिम्मेवारी नेतृत्वले लिनुपर्छ । शिक्षकले राजनीतिलाई निजी फाइदाका लागि दुरुपयोग गर्नु हुँदैन ।” उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान का महासचिव लोकबहादुर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पद बहाली गर्दा घोषणा भएअनुसार हरेक स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय खोलेर कक्षा ९ देखि प्राविधिक शिक्षामा पनि पढ्न सहज हुने अवस्था भएका हरेक परीक्षाको नतिजाका आधारमा विश्लेषण गर्ने परम्परानै अन्त्य हुने जिकिर गर्नुभयो । सरकारले शिक्षाको राष्ट्रिय नीति चाँडै कार्यान्वयनमा आउने जनाउँदै आएको छ । नेपाल अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले एसइईलाई प्रदेश तहमा लान र शिक्षा प्रणालीलाई घोकन्ते नभई सिकाइमा केन्द्रित गर्न सुझाव दिनुभयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का सहअध्यक्ष डिके ढुङ्गानाले हरेक वर्षको नतिजामा स्तरीकृत अङ्क ल्याउने विद्यार्थी धेरै हुने गरे पनि निजी लगानीका विद्यालयलाई राज्यले दोस्रो दर्जाको व्यवहार गरेको गुनासो राख्नुभयो । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन एन प्याब्सन० का अध्यक्ष ऋतुराज सापकोटाले निजी विद्यालयका विद्यार्थीलाई कक्षा ११ र १२ का सरकारी छात्रवृत्ति नदिने नीति परिवर्तन हुनुपर्ने बताउनुभयो ।Categorized in राष्ट्रिय


