STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘कलाले सम्बन्ध प्रगाढ गराउँछ’

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

चित्रकारहरुले देशको संस्कृति र इतिहासको जीवन्त कथा प्रस्तुत गर्ने भएकाले चित्रकला आफैँमा महत्वपूर्ण विधा भएको बताएका छन् । 
नेपालमा स्थलगत चित्रकलाका लागि आएका चिनियाँ चित्रकारलाई आइतबार स्वागत गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले कलाले देश कै प्रतिनिधित्व गर्ने भएकाले देशको पहिचान दिलाउन कलाको महत्व छुट्टै रहेको बताउनुभयो । 
एक देशका चित्रकार अर्को देशमा गएर चित्र बनाउँदा दुई देशको सम्बन्ध प्रगाढ हुनुका साथै पर्यटन प्रवद्र्धनमा समेत देवा पुग्ने कुलपति कर्माचार्यको भनाइ थियो । 
चीनका १८ चित्रकारले विगत १० दिनदेखि काठमाडौँका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रमा बसेर चित्र कोर्दै आएका छन् । उनीहरुले नेपाली कला संस्कृति र जीवनशैली समेटिएका तस्वीर क्यान्भासमा उतारेका छन् ।
नेपालमा बनाइएका तस्वीरलाई चीनमा प्रदर्शन गरी पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् । चिनिया कलाकारको नेतृत्व गर्नुभएका चित्रकार चु चेङ याङले नेपाली कला र संस्कृतिले आफूहरुलाई लोभ्याएको बताउँदै नेपालीमा सहयोग भाव देखिएकोमा खुशी व्यक्त गर्नुभयो । 
उनीहरुले स्वयम्भू, पशुपतिनाथ, पाटन दरबार स्क्वायर र काठमाडौँ दरबार स्क्वायर, नगरकोट, पोखरा, भक्तपुरलगायत क्षेत्रमा पुगेर क्यान्भासमा चित्र उतारेका छन् । 
Categorized in रोचक