STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘केजिएफ २’ चलिरहँदा ‘ए मेरो हजुर ४’ पर्दामा देखिएपछि...

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २, शुक्रबार

अहिले सामाजिक सञ्जालमा रञ्जना सिनेप्लेक्सको एउटा भिडियो भाइरल भइरहेको छ ।

रञ्जना सिनेप्लेक्समा फिल्म ‘केजिएफ च्याप्टर २’  प्रदर्शन भइरहेका बेला नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को दृश्य प्रदर्शन भएपछि दर्शक आक्रोशित बनेको भिडियो भाइरल भएको हो  ।

भिडियोमा ‘ए मेरो हजुर ४’को छोटो दृश्य केही सेकेन्ड प्रदर्शन भएको देख्न सकिन्छ । यो दृश्य आएपछि दर्शकको भिडले आक्रोश पोख्दै गरेको भिडियोमा देखिन्छ ।

रञ्जना सिनेप्लेक्सका सञ्चालन प्रमुख विनोद पौडेलले यो घटना प्राविधिक त्रुटिका कारण भएको बताए । ‘केजिएफ चलिरहदा ‘ए मेरो हजुर ४ चलेछ,’ उनले भने, ‘जानी–जानी हामीले गरेका होइनौं, प्राविधिक त्रुटि भएर हो ।’

सामाजिक सञ्जालमा  ‘ए मेरो हजुर ४’ र ‘केजिएफ २’लाई लिएर धेरै विवादस्पद विषय उठिरहेका छन् ।

यसैबीच, रञ्जना सिनेप्लेक्समा यस्तो घटना भएको भिडियो बाहिरिँदा सामाजिक सञ्जाल एकाएक तातिनु नौलो होइन ।

अहिले सामाजिक सञ्जालभरि यही भिडियोले स्थान ओगटेको छ ।

Categorized in सिनेमा