STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘जनप्रतिनिधि नै डोजर मालिक नबन्नुहोस्’

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

प्रतिनिधिसभा सदस्य पार्वती विशुन्खेले जनप्रतिनिधिलाई डोजर मालिक नबन्न सुझाव दिनुभएको छ । “जनप्रतिनिधि आफैँले डोजर किनेर काम गर्नु राम्रो होइन”, सांसद विशुन्खेले भन्नुभयो, “जनप्रतिनिधिले डोजर मालिक बनेर आफैँले बनाएको नीति नियम मिच्नु हुँदैन ।” दैलेखको नौमूले गाउँपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा सांसद विशुन्खेले भन्नुभयो, “जनप्रतिनिधि नै डोजर मालिक बनेपछि स्थानीय तहबाट गरिने योजना कार्यान्वयनमा समस्या आउँछ ।” सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सदस्यसमेत रहनुभएका सांसद विशुन्खेले अर्को प्रसङ्गमा भन्नुभयो, “सुखी नेपाली, समृद्ध नेपालको गन्तव्यतर्फ मुलुक अघि बढिरहेको छ, अब कोही दुःखी हुनु पर्दैन, सरकारले परिणाम देखिने गरी काम गरिरहेको छ ।” सरकारले एक जिल्ला हुँदै अर्को जिल्ला जोड्ने सडक सञ्जाल निर्माणलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले भौतिक पूर्वाधारसँगै सामाजिक रुपान्तरणको आवश्यकता औँल्याउनुभयो । महालेखा परीक्षकको कार्यालयका निर्देशक निर सुवेदीले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिदैं आन्तरिक आय बढाउनतर्फ ध्यान दिन स्थानीय तहलाई सुझाव दिनुभयो । नेपाल कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश कमिटीका सदस्य मयाराम अधिकारीले विकासमा सबैको अपनत्व नभएसम्म दिगो विकास तथा समृद्धि हुन नसक्ने बताउँदै “दैलेखका सबै पालिकामा प्रशस्त सम्भावना छन्, त्यसको उपयोग गर्नुहोस्”, भन्नुभयो ।
Categorized in राजनीति