STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘तोडौँ मौनता, अन्त्य गराँै दण्डहीनता’

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २, बिहिबार

प्र्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मुलुकमा परिवर्तनका लागि द्वन्द्व प्रभावितले ठूलो त्याग गरेको बताउनुभएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले बुधबार बुटवलमा आयोजना गरेको ‘तोडाँै मौनता, अन्त्य गरौँ दण्डहीनता’ विषयक कार्यक्रममा मन्त्री केसीले द्वन्द्व प्रभावितको त्याग र समपर्णलाई सरकारले कहिल्यै नभुल्ने बताउनुभयो । “द्वन्द्व प्रभावितहरुको त्यागकै कारण मुलुकमा गणतन्त्र आएको हो, सरकारले यसको कदर गर्छ”, उहाँले भन्नुभयो । उहाँले सशस्त्र द्वन्द्वका समयमा घाइते र अपाङ्गता भएका व्यक्तिको प्रदेश सरकारले निःशुल्क औषधोउपचार गरिरहेको बताउनुभयो । “गत वर्ष ६० जना गोली र छर्रा बोकेर हिँडेका व्यक्तिहरुको उपचार ग¥यौँ, यो वर्ष पनि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको व्यवस्था मिलाएका छाँै”, उहाँले भन्नुभयो, “द्वन्द्व प्रभावितलाई महत्व दिँदै ‘प्याकेज’ बनाएर काम अगाडि बढाएका छौँ ।” मन्त्री केसीले सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनाको छानविनका लागि गठन भएको आयोगको काम निष्प्रभावी देखिएकाले अब बन्ने आयोगको काम चुस्तदुरुस्त हुने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य कमला विश्वकर्मा, दीपा विक र रीना नेपालले प्रदेश सरकारले द्वन्द्व प्रभावितका समस्या सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रतिनिधि सीता थापा, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ५ प्रमुख सम्झना शर्मा, युएन वुमनका समा श्रेष्ठ, सञ्जालका अध्यक्ष चन्द्रकला उप्रेती, गैरसरकारी संस्था महासङ्घका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा, अधिकारकर्मी ज्ञानु पौडेल, द किचन स्टोरीका अध्यक्ष जया लुइँटेल, आनिक रानालगायतले द्वन्द्व प्रभावितको पीडा सम्बोधन हुने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभयो । कार्यक्रममा सशस्त्र द्वन्द्वको हिंसा झल्कने नाटक र चित्रकला प्रस्तुत गरिएको थियो ।
Categorized in राष्ट्रिय