STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘नेकपा अध्यक्षको एकल जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ’

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २१, शनिबार

नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेकपाभित्र एक व्यक्ति, एक पदको व्यवस्था लागू गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्छ र पार्टी चलाउने एकल जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्छ ।” रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस शुरु भइरहेको बताउनुभयो । पार्टीका नेताहरु सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहेको बताउँदै ज्ञवालीले भन्नुभयो, “अहिले पनि कुनै नगरपालिकाका प्रमुख, पार्टी कमिटीको अध्यक्षका रुपमा कार्यरत छन् ।”
Categorized in राष्ट्रिय