STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘नेपालमा दीप प्रज्ज्वलन कार्यक्रम भ्रामक’

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २३, आइतबार

काठमाडौं– कोरोना भाइरससँग जुध्न आइतबार (चैत २३ गते) नेवार समुदायबाट कुनै पनि प्रकारको दीप प्रज्ज्वलन कार्यक्रम नरहेको र यस्ता भ्रामक समाचारको पछि नलाग्न नेवार अगुवाहरुले सुझाएका छन् । विभिन्न सामाजिक सञ्जालबाट आइतबार साँझ ७ बजेर ७ मिनेटमा आ–आफ्ना घरमा दियो, मैनबत्ती बालिदिने अनुरोधहरु आइरहेका छन् । यस्ता कार्यक्रम कुनै विशेष एक धर्म र जाति विशेषको कार्यक्रम जस्तो देखिने भएकोले यसल लकडाउनको समय अराजकता निम्त्याउने भएकोले सामाजिक सद्भाव बिग्रन नदिन अगुवाहरुले यसतर्फ सम्वेदनशील हुन पनि सुझाएका छन् । कोरोनासँग लड्न भारतीय जनता एक रहेको देखाउन आइतबार ७ बजे घरको छतमा दियो, मैनबत्ती बालिदिन भारतीय प्रधानमन्त्री मोदीले अनुरोध गरेका छन् । यसैको नक्कल गरी नेपालमा समेत दीप प्रज्ज्वलनका अनुरोधहरु सामाजिक सञ्जालमा आइरहेका छन् । तर कोरोना भाइरस दीप प्रज्ज्वलनबाट वा पूजाआजाबाट समाप्त नहुने बरु सेल्फ क्वारेन्टाइनमा बसी भीडभाडमा नजाने, साबुनले नियमित हात धुने, सरसफाइमा विशेष ध्यान दिन विश्व समुदायमा विश्व स्वास्थ्य संगठनले अपील समेत गरिसकेको छ । त्यसैले यस्तो समय दीप प्रज्ज्वलन, पूजाआजा जस्ता कार्यको पछि नलाग्न नागरिक अगुवाहरुले अनुरोध हुन् । यस सन्दर्भमा नेवार अगुवा मल्ल के. सुन्दरले प्रतिक्रिया दिँदै भारतको नक्कलमा आएको र आधिकारिकता नभएको हुनाले यस्ता कार्यक्रमको पछि नलाग्न अनुरोध गरेका छन् । बरु आवश्यक परे उचित समयमा नेवार समुदायबाट उचित कार्यक्रम ल्याउन सकिने पनि मल्ल के. सुन्दरले बताएका छन् ।
Categorized in राष्ट्रिय