‘नेवाः मंकाः दबू’ निर्माणमा नेवाः देय् दबूको सहकार्य
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार
काठमाडौं– नेपालभाषा मंकाः खलःले निर्माण गरिरहेको नेवाः मंकाः दबू’ (साझा घर) को लागि नेवाः देय् दबूले सहकार्य गर्ने भएको छ ।
भवन निर्माणमा सहकार्यको लागि नेपालभाषा मंकाः खलःले पत्र पठाएपछि नेवाः देय् दबूको विस्तारित मुँज्याले सहकार्यको निर्णय गरेको हो ।
सहकार्यको लागि नेवाः दबूले नरेशकुमार ताम्राकारको संयोजकत्वमा माइलाबाबु द्यःला, सत्यनारायण डंगोल, अञ्जिता खड्गी र उमेश स्थापित रहेको पाँचजनाको सल्लाहकार समिति गठन गरेको छ ।
काठमाडौंस्थित विजेश्वरीमा रहेको २६ आना जग्गामा निर्माण भइरहेको उक्त भवन निर्माणमा काठमाडौं महानगरपालिकाले पनि सहयोग गर्ने निर्णय गरिसकेको छ ।
मंकाः दबू छेँको जग राख्ने कार्य पाँच महिनाअघि नै सम्पन्न भएको थियो ।
Categorized in उपत्यका