STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘भीआईपी’ कुर्सी हटाउन लगाई गृहमन्त्री लामिछाने बसे सामान्य कुर्सीमा

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २३, शनिबार

 

काठमाडौं - सशस्त्र प्रहरी बलको कार्यक्रममा भाग लिन गएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना लागि राखिएको विशेष कुर्सी हटाउन लगाएका छन् ।

मन्त्रीका लागि राखिएको विशेष कुर्सी हटाउन लगाएर प्रहरी अफिसरसरहको कुर्सी मगाएर गृह मन्त्री लामिछाने बसेका छन् ।

गृहमन्त्री लामिछानेको सचिवालय संयोजक दिपक बोहराले यसबारे फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘सशस्त्र प्रहरी बलको औपचारिक कार्यक्रममा आफ्ना लागि राखिएको ठुलो छुट्टै किसिमको सोफा हटाउन लगाएर अरु अफिसर सरह समान किसिमको सोफामा बस्नु भयो उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने । हो, यो हाम्रो पुस्ता हो र हाम्रो पुस्ता लाई थाहा छ, हामी सबै समान हौँ ।’

 

Categorized in राजनीति