STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘मास्क लगाऔं, संक्रमणको जोखिम घटाऔं’, कीर्तिपुर नगरपालिका पूर्ण मास्क कार्यक्रम

Janjati Khabar – Lalendra Shakya | २०७८ भाद्र ४, शुक्रबार

‘नहुनेले लिनु, हुनेले दिनु’ मास्क बैंक अभियान

–ललेन्द्र शाक्य

कीर्तिपुर नगरपालिकालाई पूर्ण मास्क क्षेत्रमा रुपान्तरण गर्नको लागि कीर्तिपुर नगरपालिकाको सहकार्ययमा एवं युनिसेफको टेक्निकल सपोर्टमा लायन्स् क्लब अफ काठमाडौं किपू अगुवाई रुपमा सक्रियताका साथ अगाडी बढिरहेको छ ।

यही सन्दर्भमा शुक्रवाः कीर्तिपुर हिलसाइड होटल एण्ड रिसोर्टमा ‘कीर्तिपुृर नगरपालिका पूर्ण मास्क कार्यक्रम’ प्रचारप्रसारको लागि कीर्तिपुरका स्थानीय संचारमाध्यमका प्रतिनिधिहरुसंग अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।

लायन्स क्लब अफ काठमाडौं किपूका संस्थापक प्रेसिडेन्ट समाजसेवी रविन्द्र बहादुर प्रधानले संचालन गर्नुभएको उक्त कार्यक्रममा क्लबका हालका प्रेसिडेन्ट शिवकुमार श्रेष्ठ एवं युनिसेफका लीला खनालको विशेष उपस्थिति रहेको थियो ।

कीर्तिपुर नगर पूर्ण मास्क क्षेत्रमा परिणत गर्ने एवं मास्कको विषयमा विस्तृत रुपमा युनिसेफको लीला खनालले जानकारी दिनुभएको थियो । खनालले अब मूलमन्त्रको रुपमा ‘मास्क विना कुराकानी निषेध, मास्क विना प्रवेश निषेध र मास्क विना सेवा निषेध’ लागू गरी प्रत्येक नागरिकलाई मास्क लगाउन अभिप्रेरित गरिने जानकारी दिनुभयो । साथै उहाँले संचारमाध्यमहरुले मास्क प्रयोग गर्न र गराउन उल्लेखनीय योगदानको अपेक्षा पनि गर्नुभयो ।

कार्यक्रममा युनिसेफका लीला खनालले समयसंग नेपालमा कोभिड १९ को संक्रमणको अवस्था, कोरोना संक्रमण जो कोहीलाई पनि हुनसक्छ भन्दै कोरोना भाइरसको संक्रमणले स्वस्थ व्यक्तिलाई भन्दा बृद्धबृद्धा, पहिला नै दीर्घ रोग भएका ब्यक्तिलाई बढी गम्भीर प्रभाव गर्ने हुनाले जहिले पनि घर बाहिर जाँदा मास्क अनिवार्य लगाउन आग्रह गर्नुभयो । यस्तै उहाँले कोरोना संक्रमण तथा मृत्युको संख्या बढ्दै जाँदा र मापदण्डको पालनालाई कडाई गरेको बेलामा मास्कको प्रयोग बढ्ने र नभएमा घट्दै जान देखिन्छ भन्दै कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो ।

मास्क लगाउँदा सफा मास्कको मात्र प्रयोग गर्ने र अरुलाई पनि जानकारी दिने तथा सर्जिकल वा कपडाको जुनसुकै मास्क लगाए पनि नबिग्रिदासम्म धोएर प्रयोग गर्ने जानकारी दिदैं कोरोना संक्रमणको उच्च जोखिम, मध्यम जोखिम, सामान्य जोखिम एवं न्यून जोखिम के कसरी गर्दा हुन्छ भन्ने जानकारीका साथ मास्क लगाऔं, संक्रमणको जोखिम घटाऔं भन्ने नारालाई चरितार्थ गर्नुभयो ।

यस्तै उहाँ ले मास्कको प्रभावकारिता एवं हालसम्म गरिएका क्रियाकलापहरु, मास्क प्रयोगको अनुगमन तथा आगामी गरिने क्रियाकलापहरु बारे पनि प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन तथा उपमेयर सरस्वती रिजाल खड्कासंग कीर्तिपुर नगरपालिका पूर्ण मास्क कार्यक्रम सम्बन्धी विस्तृत रुपमा छलफल भइसकेको र कार्यान्वयनका लागि नगरपालिकाका मेयर तथा उपमेयरद्वारा अब घोषणा कार्यक्रमको शुभारम्भ गरिने जानकारी दिदैं कार्यक्रम संचालक एवं लायन्स क्लब अफ काठमाडौं किपूका संस्थापक प्रेसिडेन्ट रविन्द्र बहादुर प्रधानले गाईजात्रा पछि कीर्तिपुर नगरपालिका पूर्ण मास्क कार्यक्रमले गति लिने जानकारी दिनुभयो ।

प्रधानले कीर्तिपुरमा मास्क बैंकको स्थापना गरिने जानकारी दिदैं कीर्तिपुरका सम्पूर्ण क्षेत्रबाट उक्त मास्क बैंकको लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको जानकारी दिदैं उक्त मास्क बैंकको प्रमुख लक्ष्य भनेकै ‘नहुनेले लिने, हुनेले दिने’ रहेको पनि जानकारी दिनुभयो । उहाँले उपत्यकामा दुईटा मात्र नगरपालिका कीर्तिपुर र टोखा नगरपालिकाले पूर्ण मास्क अभियान कार्यक्रमको शुभारम्भ गर्न लागेको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं किपूका प्रेसिडेन्ट शिवकुमार श्रेष्ठले कीर्तिपुर नगरपालिका पूर्ण मास्क कार्यक्रमको लागि संचारमाध्यमको विशेष भूमिका रहने भएकोले संचारमाध्यमले पूर्ण रुपमा प्रचारप्रसार गरी सहयोग गर्नेमा विश्वस्त हुँदै सबैमा धन्यवादज्ञापन गर्नुभयो ।

कीर्तिपुर नगरपालिका पूर्ण मास्क कार्यक्रम सफल बनाउनको लागि नगरपालिकासंग बैठकदेखि नेपाल स्काउटबाट मास्क प्रयोगको अवस्था अनुमानका लागि आधारपूत तथ्यांक संकलन, साझेदार संस्थाहरुसंग बैठक तथा नक्शांकन, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघसंग साझेदारी, मास्क प्रयोगको रियल टाईम अनुगमन, प्रतिबद्धताका लागि सामुदायिक र जनसेवा प्रहरीसंग सहकार्य, मास्क बैंकको स्थापना, सहकारी संस्थासंग अन्तरक्रिया तथा साझेदारी, सुरक्षाकर्मीसंग छलफल तथा सहकार्यका क्षेत्र निर्धारण, हरेक साझेदारहरु जस्तै लायन्स, रोटरी, सहकारी संस्था, बैंक, सुरक्षा निकाय तथा स्थानिय संघसंस्था आदिसंग कार्ययोजनाको निर्माणको भूमिका र जिम्मेवारी निर्धारण, जनचेतनाका लागिग सुरक्षाकर्मीसंग कार्ययोजना निर्माण, प्याब्सन तथा एन प्याब्सनसंग कार्ययोजना तथा सहकार्यको खाका तयार, यातायात व्यवसायीसंग सहकार्यका क्षेत्र पहिचान तथा कार्ययोजना निर्माण, सहकारी बोर्डसंग सहकार्यका क्षेत्र पहिचान तथा कार्ययोजना निर्माण क्रियाकलापहरु गरिसकेको छ ।

कार्यक्रममा हिलसाइड होटल कीर्तिपुरका संस्थापक एवं समाजसेवी विजय महर्जन एवं कीर्तिपुरका विभिन्न संचारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Categorized in राष्ट्रिय