‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ २०, शुक्रबार
उदियमान अभिनेताका रुपमा चर्चित मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् । उनले निर्देशन गर्न लागेको चलचित्र 'शमशेर’ छायांकनको तयारीमा रहेको छ भने सो चलचित्रमा उनले मुख्य भुमिकामा अभिनय समेत गर्दैछन् । यस्तै यस चलचित्रको कलाकारमा ख्याति प्राप्त अभिनेता सुनिल थापा पनि थपिएका छन् ।
ओस्कार कलेजबाट सिनेमा निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरहेको छन् । ‘शमशेर’को स्कृप्ट राम्रो भएकाले पनि आफुले निर्देशनमा डेव्यु गर्न लागेका अभिनेता राउतले बताए । हाल चलचित्रको अभिनेत्री छनोट कार्य भैरहेकोले छायांकन मिति तय भएका छैन् ।
अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने अभिनेता राउतले बताए । चलचित्रमा गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । एक्सन जनरामा निर्माण गरिने चलचित्रमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ ।
सिनेमाको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने सिनेमामा राकेश दाहाल पोस्टर डिजाइनरका रुपमा रहेका छन् । सिनेमाका गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन् ।
Categorized in सिनेमा

