STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘श्रमिकले समान पारिश्रमिक पाउनुपर्छ’

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २७, शुक्रबार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक ज्याला पाउनुपर्ने बताउनुभएको छ । ‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमको आज हरिवनमा सम्बोधन गर्दै उहाँले अन्य देशका श्रमिकसरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा आफूले पहल गर्न लागेको जानकारी गराउनुभयो । “अरु देशका श्रमिकले पाउने पारिश्रमिकभन्दा यहाँका श्रमिकले कम श्रम पाउनुहँुदैन, समान पारिश्रमिकका लागि योजना बनाउन लागेको छु,” उहाँले भन्नुभयो । यहाँका युवालाई रोजगारीका लागि युरोप र जापान पठाउन पहल भइरहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने व्यक्तिले सीप सिकेर जानुपर्नेमा उहाँको जोड थियो । सीप सिकाउनका लागि सातवटै प्रदेशमा प्रादेशिक तालीम केन्द्र सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । स्वदेशमा भित्रिने विप्रेषणलाई उत्पादनतर्फ कसरी लगाउन सकिन्छ भन्नेबारेमा र विदेशबाट श्रमिकले सिकेर आएको सीपलाई सदुपयोगका विषयमा विभिन्न पक्षसँग छलफल भइरहेको मन्त्री यादवले बताउनुभयो ।
Categorized in राष्ट्रिय