STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘सामाजिक सुरक्षा कार्यान्वयन गर्न जर्मनले प्राविधिक सहायता गर्ने’

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १४, मंगलबार

नेपाल सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनका लागि जर्मन सरकारले प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सोमाबार नेपालका लािग जर्मनीका राजदूत रोल्याण्ड साफेरले गर्नुभएको शिष्टाचार भेटमा राजदूतले आगामी दिनमा सामाजिक सुरक्षा योजनालाई समन्वयात्मकरूपमा कार्यान्वयन गर्न आवश्यक प्राविधिक एवं अन्य सहयोग प्रदान गर्ने विश्वास दिलाउनुभयो । भेटमा उहाँले श्रम, रोजगार र सामाजिक सुरक्षाका क्षेत्रमा नेपाल सरकारले अघि बढाएको दीर्घकालीन महत्वका सुधारबाट आफू निकै नै प्रभावित भएको बताउनुभयो । सो अवसरमा मन्त्री विष्टले श्रम तथा आप्रवासका क्षेत्रमा नेपाल सरकारले अघि बढाएका महत्वपूर्ण सुधारका बारेमा राजदूतलाई जानकारी गराउनुभएको थियो । उहाँले श्रम सम्बन्ध, सामाजिक सुरक्षा, देशभित्रै व्यापकरूपमा रोजगारीका अवसर सिर्जना गर्न नेपाल सरकारले चालेका कदमका बारेमा जानकारी गराउनुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल र जर्मनीबीचको मित्रता, समझदारी र सहयोगका विविध पक्षमा छलफल भएको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय