STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७५ चैत्र १२, मंगलबार

    भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

    भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गर्नुभएको छ । न्यूनतम आय योजना ९न्याय० कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उहाँले बताउनुभयो । सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको...

  • २०७५ चैत्र १२, मंगलबार

    चीन र फ्रान्स विशेष मित्र’ ः राष्ट्रपति सी

    चीन राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताउनुभएको छ । फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण फ्रान्स भ्रमणमा रहनुभएका सीले चीन–फ्रान्सबीचको सम्बन्धबारे फ्रान्सेली समकक्षीसँग चर्चा गर्ने क्रममा आइतबार बताउनुभएको हो । उहाँले फ्रान्स र चीनबीचको सम्बन्धलाई थप सुमधुर बनाई दुवै देशको दीर्घकालीन विकास गर्दै यसको सन्देश...

  • २०७५ चैत्र ११, सोमबार

    नर्वेको तटीय इलाकामा पानीजहाजबाट सयौंको उद्धार

    नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ । पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो । नर्वेका उद्धारकर्मीहरुले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए ।...

  • २०७५ चैत्र ११, सोमबार

    ट्रम्पको पदनै धरापमा पर्ने खतरा

    अमेरिकी सांसदहरु आइतबार सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसको साँठगाँठ बारे अनुसन्धान गर्न गठित छानबिन समितिको गोप्य प्रतिवेदनको पर्खाइमा थिए । यो प्रतिवेदनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान पनि गरिएको छ । महान्यायाधीवक्ता विलियम बारले अमेरिकी कङ्ग्रेस र आमजनतालाई प्रतिवेदनको मुख्य अंश उपलब्ध गराउने अपेक्षा गरिएको छ । यो प्रतिवेदन २२ महिना लगाएर विशेष...

  • २०७५ चैत्र ११, सोमबार

    अफगानिस्तानमा नौ जना लडाकू मारिए

    अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा दुई विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटका लडाकूहरुबीच भएको झडपमा नौ जना लडाकू मारिएको अफगान सेनाले जनाएको छ । सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा मारिने लडाकूहरुमा अधिकांश इस्लामिक स्टेटसँग आबद्ध रहेको उल्लेख छ । भिडन्तमा अरु १४ जना इस्लामिक स्टेटका लडाकूहरु घाइते भएका छन् । अफगानिस्तानमा सक्रिय यी दुबै समूहले खासगरी सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गरेपनि...

  • २०७५ चैत्र ११, सोमबार

    सन् २०१८ मा २१ लाखभन्दा बढी भारतीयमा क्षयरोग संक्रमण

    भारतमा सन् २०१८ मा क्षयरोगका संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार जना रहेका छन् । भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार भारतमा सन् २०१८ मा मात्र क्षयरोगका २१ लाख ५० हजार नागरिकमा संक्रमण भएको छ । आइतबार उक्त मन्त्रालयले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको हो । तर पहिलेको तुलनामा भारतमा क्षयरोगको उपचारमा सफलता प्राप्त भएको पनि सो...

  • २०७५ चैत्र १०, आइतबार

    सिरियामा आईएस पूर्णरूपमा पराजित ः एसडिएफ

    इस्लामिक स्टेट ९आईएस० जिआदी समूहले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस ९एसडीएफ० ले शनिबार बताएको छ । आइएसलाई पराजित गरेसँजगै सिरियाली कुर्द टेलिभिजनले अमेरिका समर्थित फौजले आईएसबाट जफत गरेको भवनको माथि पहेँलो झण्डा फहराइरहेको देखाएको छ । योसँगै आईएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था ‘क्यालिफेट’को अन्त्य भएको एसडिएफले जनाएको छ । एसडीएफ...

  • २०७५ चैत्र १०, आइतबार

    अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश

    सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी ‘हस्तक्षेप’का बारेमा अनुसन्धान गरिरहेको विशेष काउन्सिल रोबर्ट मुलरको टिमले आफ्नो प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति चुनावमा रुसी प्रभाव र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानकाबीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले अनुसन्धान गरेको हो । मुलरले महान्यायाधीवक्ता विलियम बारलाई प्रतिवेदन बुझाएका हुन् । महान्यायाधीवक्ता...

  • २०७५ चैत्र १०, आइतबार

    लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन

    ब्रेक्जिटबारे अन्यौल कायम रहेका समय संयुक्त अधिराज्य ९बेलायत० मा यूरोपियन यूनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहद्वारा ब्रेक्जिट बिषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै भव्य प्रदर्शन गरेका छन् । इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए । उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक...

  • २०७५ चैत्र १०, आइतबार

    इन्डोनेसियामा ६।३ म्याग्नीच्युडको भूकम्प

    इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् । स्थानीय समय अनुसार दिउसो १ बजेर ३७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिमी जैलोलोमा रहेको अधिकारीहरुले जनाएका छन् । “अहिलेसम्म तुफानको कुनै सम्भावना देखिएको छैन,” एक अधिकारीले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिए ।...

  • २०७५ चैत्र १०, आइतबार

    राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने विपक्षी नेता पक्राउ

    जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । विपक्षी दल ओटस फर इकोनोमिक प्रोग्रेसका अध्यक्ष सेन टेम्बोले राष्ट्रपति इड्गारलाई मानसिक समस्या रहेकाले राम्रोसँग देश चलाउन नसकेको टिप्पणी सामाजिक सञ्जाल मार्फत् गर्नुभएको थियो । प्रहरी प्रवक्ता स्थेर म्वाता कातोङगोले विपक्षी दलका नेतालाई...

  • २०७५ चैत्र ८, शुक्रबार

    अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या

    अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो । अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको आवस्थामा ती सैनिक मारिएको नेटोको भनाई छ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम...

Pages