अन्तर्राष्ट्रिय
-
२०७५ चैत्र १५, शुक्रबार
बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु
बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् । राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीले भवनको...
-
२०७५ चैत्र १५, शुक्रबार
कङ्गोबाट आएको ९ टन हात्तीका दाँत भियतनाममा बरामद
भियतनामको भन्सार प्रशासनले काठमा लुकाई छिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ । हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् । भियतनाममा हात्तीको दाँत खरिद बिक्री गर्न निषेध गरिए पनि कानुनको कमजोर कार्यान्वयनका कारण विश्वव्यापी रुपमै निषेध गरिएका यस्ता वस्तुहरु कालो बजारमा खुलेआम बिक्री हुने गरेको छ । बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि भियतनाम सरकारले वन्यजन्तुको...
-
२०७५ चैत्र १५, शुक्रबार
अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए
अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै व्यक्ति घाइते समेत भएका छन् । समाचार अनुसार घाज्नी प्रान्तको राजधानी शहर घाज्नीको बाहिरी इलाकामा रहेको प्रहरी चेकपोस्टमा तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित नौ...
-
२०७५ चैत्र १४, बिहिबार
चिनियाँहरू पढाइका लागि समुद्रपार जाने क्रम बढ्दो
चिनियाँ विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने क्रममा हरेक बर्ष वृद्धि हुँदै आएको देखिएको छ । चीनको शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक एक तथ्याङ्कमा सन् २०१८ मा अध्ययनका लागि विदेश गएका विद्यार्थीको सङ्ख्या छ लाख ६२ हजार १०० पुगेको जनाएको छ । यो सङ्ख्या अघिल्लो बर्षभन्दा ५३ हजार ७०० बढी हो । विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूमा ६५ हजार ८०० लाई सरकारद्वारा सहयोग भएको र पाँच लाख ९६ हजार ३००...
-
२०७५ चैत्र १४, बिहिबार
अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु
संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदैछ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ट अधिकारीहरुको वार्ता घनिभूत रुपमा अगाडि बढेको छ । अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङ...
-
२०७५ चैत्र १४, बिहिबार
हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु
कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । कजाखस्तानका नवनिर्वाचित राष्ट्रपति कास्सिम जोमार्ट टोकायेभले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ । एमआई हेलिकप्टरहरु यात्रुहरु र दुर्गम क्षेत्रहरुमा सामान ओसारपसार गर्न बढी मात्रामा प्रयोग हुने गर्दछ ।...
-
२०७५ चैत्र १४, बिहिबार
काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन – पाकिस्तान
पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ । उक्त आक्रमणपछि भारतले पाकिस्तानी अधिकारीहरुलाई शंकास्पद ९० जना व्यक्ति तथा २२ वटा शंकास्पद तालिम केन्द्रहरुको सूची पठाएको थियो । तर पाकिस्तानी विदेश मन्त्रालयले भारतले उपलब्ध गराएका व्यक्ति तथा स्थानसँग पुलवामा घटनाको कुनै...
-
२०७५ चैत्र १४, बिहिबार
सडक दुर्घटनामा १८ मृत्यु
ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी कम्ती १८ ग्वाटेमाली नागरिकको मृत्यु भएको छ । ग्वाटेमालाको पश्चिमी शहर नाहुआलाको प्रवेशद्धारमा एक सानो ट्रकले करिब १८ व्यक्तिलाई किचेर मारेको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । सर्वसाधारण जम्मा भएका एक स्थानमा उच्च गतिमा आइरहेको एक ट्रकले किचेर ट्रक चालकले भागेका बताइएको छ । गाडीले नै किचेर मारिएका एक स्थानीय नेताका विषयमा चर्चा...
-
२०७५ चैत्र १४, बिहिबार
दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान
दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ । दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट भएको हो । तथ्याङ्क विभागले गरेको सन् २०१७ बाट २०६७ सम्मको अनुमान अनुसार काम गर्ने उमेर समूह अर्थात् १५ देखि ६४ वर्षका व्यक्तिहरु सन् २०१७ मा ३ करोड ७५ लाख ७० हजार पुगेको थियो । सो सङ्ख्या सन् २०६७ सम्मकै सबैभन्दा बढी हुने...
-
२०७५ चैत्र १३, बुधबार
अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल– भारतीय प्रम मोदी
भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गर्नुभयो । संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको छ । टेलिभिजनबाट सम्बोधन...
-
२०७५ चैत्र १३, बुधबार
यमनको अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु
यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ । किताफस्थित एक ग्रामीण अस्पतालको प्रवेशद्वारनजिकै स्थानीय समय अनुसार मङ्गलबार बिहान ९ः३० बजे सो क्षेप्यास्त्र आक्रमण भएको हो । यस आक्रमणमा परी चार बालबालिका र दुई वयस्क र अन्य एक परिचय खुल्न नसकेका व्यक्तिको मृत्यु भएको बताइएको छ । अस्पताल खुलेको...
-
२०७५ चैत्र १३, बुधबार
रुस, भेनेजुएलाबीच २० वटा सम्झौताको तयारी
रुस र भेनेजुएलाबीच ऊर्जा र शिक्षा समेतका विभिन्न क्षेत्रमा सहयोग सम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बताउनुभएको छ । “अप्रिलमा रुस र भेनेजुएलाबीच अन्तरसरकारी सहयोग सम्बन्धी उच्चस्तरीय कार्यदलको बैठक बस्दैछ । बैठकले आर्थिक, व्यापारिक, सांस्कृतिक, ऊर्जा र शिक्षासम्बन्धी २० वटा दस्तावेजमा हस्ताक्षर हुनेछ,” रुसी समाचार समिति ताससँगको अन्तर्वार्तामा...


