STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ भाद्र २६, बिहिबार

    करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

    महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो तार छुन पुगेपछि बुबा सियारामको करेन्ट लागेको...

  • २०७६ भाद्र २६, बिहिबार

    भ्रष्टाचारजन्य उजुरीका आधारमा बागलुङ पाँचौँ स्थानमा

    गण्डकी प्रदेशका ११ जिल्लामध्ये भ्रष्टाचारजन्य उजुरीका आधारमा बागलुङ पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ पाँचाँै जिल्लाका रुपमा सूचीकृत भएको हो । आयोगमा परेको भ्रष्टाचार सम्बन्धी उजुरीका आधारमा कास्की पहिलो, छिमेकी जिल्ला पर्वत दोस्रो, तनहुँ तेस्रो र स्याङ्जा चौथो स्थानमा छन् । गत वर्ष बागलुङमा ४९...

  • २०७६ भाद्र २६, बिहिबार

    प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित

    प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित प्रभावित भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो । प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले...

  • २०७६ भाद्र २६, बिहिबार

    बलात्कार प्रयास गर्ने दुई पक्राउ

    बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । खड्का बस चालक र न्यौपाने बसका सहचालक हुन । बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार...

  • २०७६ भाद्र २५, बुधबार

    भ्रष्टाचारका उजुरी पर्ने सूचीमा तनहुँ तेस्रो

    गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचारका उजुरी पर्ने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो । जिल्लाबाट गत आर्थिक वर्षमा ६९ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परेका आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो ।...

  • २०७६ भाद्र २५, बुधबार

    हात्तीको बथानले ग¥यो उखुबाली नष्ट

    लालझाडी गाउँपालिका–१ विनाबारीमा जङ्गली हात्तीको बथानले उखु बालीमा नोक्सान गरेको छ । गए राति भारतको दुधुवा नेशनलपार्कबाट आएको हात्तीको बथानले गाउँपालिका अध्यक्ष मदसेन वडायकको सहित आधा दर्जन बढी किसानको उखु बालीमा नोक्सानी गरेको हो । तीसदेखि ३५ को सङ्ख्यामा रहेका हात्तीले खाएर र खुट्टाले कुल्चेर उखु बालीमा नोक्सानी गरेको गाउँपालिका अध्यक्ष वडायकले बताउनुभयो । “रातभरि हात्तीको बथान उखु बारीमै बस्यो...

  • २०७६ भाद्र २५, बुधबार

    नगदसहित सुन चोरेर भागेका युवक पक्राउ

    सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मङ्गलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । बस्नेतले सावित्रीको घरभित्र पसेर सुटकेसमा राखेको एक...

  • २०७६ भाद्र २५, बुधबार

    बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ

    बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । “सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ...

  • २०७६ भाद्र २५, बुधबार

    विप्लवका छोरा पक्राउ

    चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अस्पतालको सेवा अवरुद्ध गराउँदै तोडफोड गर्ने प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले विगत एक सातायता विभिन्न व्यक्तिलाई तल्लो स्तरको गालि गलौज गरी...

  • २०७६ भाद्र २५, बुधबार

    काकाद्वारा भतिजी बलात्कार

    बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो । भदौ १५ गते तीजको दिन बालिकालाई...

  • २०७६ भाद्र २५, बुधबार

    बढी अपराध आइतबारका दिन

    गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ । निर्मला प्रकरणले कञ्चनपुर अपराध बढी हुने जिल्लाको रुपमा बढी प्रचारबाजी गरिए पनि र भारतसित खुला सीमा जोडिए पनि यहाँ ठूला आपराधिक घटना भने भएका छैनन् । निर्मला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०देखि विभिन्न टोली सक्रियरुपमा परिचालन...

  • २०७६ भाद्र २४, मंगलबार

    खातुनको उपचारमा कुनै कमी हुन नदिन निर्देशन

    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले एसिड आक्रमणबाट घाइते भई उपचारत् मुस्कान खातुनको उपचारमा कमी हुन नदिने जानकारी दिनुभएको छ । वीरगञ्जस्थित हनुमान माध्यामिक विद्यालयमा अध्ययन गर्न जाँदै गर्दा गत शुक्रबार बिहान खातुनमाथि एसिड प्रहार भएको थियो । उहाँको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइराखेको छ । चिकित्सकका अनुसार हाल उहाँको अवस्था खतरामुक्त रहेको छ । राज्यमन्त्री डा...

Pages