अपराध-दुर्घटना
-
२०७६ श्रावण १०, शुक्रबार
नख्खु बमकाण्डः पेस्तोल देखाएर सुरक्षागार्डलाई नियन्त्रणमा लिने शेर्पा पक्राउ
ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विष्फोटमा संलग्न फरार एक व्यक्तिलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौँको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा विप्लव समूहका युवा सङ्गठन सदस्य भोजपुर निवासी दोर्जे भन्ने दोर्ची शेर्पालाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सहकुल थापाका अनुसार उनले...
-
२०७६ श्रावण १०, शुक्रबार
मनसुनपछिको विपद्बाट १११ जनाको मृत्यु, ४० बेपत्ता
मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म...
-
२०७६ श्रावण १०, शुक्रबार
बस र ट्रक ठोक्किँदा १५ घाइते
चितवनमा वारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नंको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख २८९५ नंको मालबाहक ट्रक आज बिहान ८ः४० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेको उपचारका लागि भरतपुर लगिएको छ । दुर्घटनापछि अवरुद्ध भएको सडक बिहान...
-
२०७६ श्रावण १०, शुक्रबार
विप्लव समूहका युवा अध्यक्ष पक्राउ
विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उहाँलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ ।
-
२०७६ श्रावण ९, बिहिबार
सवारीसाधनको ठक्करबाट मृत्यु
पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट आज बिहान तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । सवारीसाधनको ठक्करबाट घाइते भएका दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले पैदलयात्री दर्लामीलाई ठक्कर...
-
२०७६ श्रावण ९, बिहिबार
विपत्तिबाट जोगिन उच्च सतर्कता
अविरल वर्षाले देशभर व्यापकरूपमा धनजनको क्षति पु¥याइरहेको बेला बाढीपहिरोबाट उच्च जोखिममा रहेको बाह्रविसे नगरपालिकाले आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको छ । भोटेकोशी बाढीबाट वर्षैपिच्छे जनधनको क्षति व्यहोर्दै आएको नगरपालिकाले विपद् व्यवस्थापनको बैठक बसेर सबै सामग्रीसहित आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको हो । नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सकेसम्म विपद्बाट जोगिन र विपद्...
-
२०७६ श्रावण ९, बिहिबार
नदीजन्य सामग्रीको अवैध उत्खनन नियन्त्रणमा कडाइ गरिने
नुवाकोटका नदी र खोलाबाट भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानमा अवैधरूपमा उत्खनन बढेको पाइएपछि बुधबार विदुरमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो । आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले हेभी उपकरण प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन भइरहेको जनाएपछि सुरक्षाकर्मी परिचालन...
-
२०७६ श्रावण ९, बिहिबार
विभिन्न मुद्दाका ७० फरार प्रतिवादीहरु पक्राउ
विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न आपराधिक घटनामा संलग्न फरार ७० फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका प्रहरी एकाइहरुबाट प्रहरी परिचालन गरी पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो । पक्राउ परेका ७० मध्ये जरिवाना तिरेर ५१ जना छुटेका छन् भने १९ कैद...
-
२०७६ श्रावण ९, बिहिबार
अवैध रुपमा सिसी क्यामरा जडान
सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न स्थानमा गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको पाइएको छ । सदरमुकाम इनरुवा, धरान, इटहरी लगायतका क्षेत्रमा रहेको विभिन्न पसल तथा सरकारी र गैरसरकारी संस्थाहरुमा गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको पाइएको हो । सुन पसल, कस्मेटिक पसल, प्राइभेट बैंकहरुले गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीको तथ्याङ्कले देखाएको छ ।...
-
२०७६ श्रावण ९, बिहिबार
छुरा हान्ने नौ पक्राउ
झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५÷३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो । छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भने सोही वडाका १८ वर्षीय सुजन भुजेल र दमक–३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका थिए । घाइतेमध्ये भण्डारीको विर्तामोडस्थित बिएण्डसी...
-
२०७६ श्रावण ९, बिहिबार
ओढारमा लुकाई राखिएको १६ किलो सुन बरामद
गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेँसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्ग नजिकै ओढारको ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा १२ ढिक्का करिब १६ किलो सुन गए राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । “यति नै किलो छ भनेर भन्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “...
-
२०७६ श्रावण ९, बिहिबार
‘निर्मलाका हत्यारा पक्राउ गर्न नसक्नु दुःखद’
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसक्नु दुःखद् भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बलात्कारपछि निर्मला पन्तको हत्या गरिएको एक वर्ष पूरा हुँदासम्म पनि दोषीको पहिचान गर्न नसक्नु सरकारको असफलता भएको आरोप लगाउनुभयो । उहाँले निर्मलाका हत्यारालाई सरकारले सक्दो चाँडो कानूनी कठघरामा ल्याउनुपर्ने बताउनुभयो । सरकारले एक...


