STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०८२ श्रावण १९, सोमबार

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उपाधि जितेका खेलाडीहरूलाई सम्मान

    काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँमा खेलकुदका विभिन्न विधाका विजेताहरूलाई सम्मान र दीक्षित गरिएको छ । नरहरिपुर शाखा कराते डोजोले चन्द्रागिरिको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उपाधि जितेका खेलाडीहरूलाई सम्मान तथा डोजोमा भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई दीक्षित गरिएको हो ।  सम्मानित हुनेहरु मध्ये क्ल्याप पुल–अपमा गिनिज वल्र्ड रेकर्ड...

  • २०८२ श्रावण ८, बिहिबार

    कीर्तिपुर पांगाका यारिस महर्जन पौडी प्रतियोगितामा प्रथम

    कीर्तिपुरमा तेस्रो नगरब्यापी खुल्ला पुरुष पौडी प्रतियोगिता सम्पन्न कीर्तिपुर नगरपालिका वडा नं.३ र खासी बजार क्लबको संयुक्त आयोजनामा बुधबार कीर्तिपुर नगरपालिका ३ वडा खासीबजारस्थित भिं पुखूमा ऐतिहासिक गथांमुगः च¥हेको उपलक्ष्यमा तेस्रो नगरब्यापी खुल्ला  पुरुष पौडी प्रतियोगिता सम्पन्न भएको छ । उक्त पौडी प्रतियोगितामा कीर्तिपुर नगरपालिका ८ वडा पाँगाका  यारीस महर्जन प्रथम भएका छन् भने राकेश श्रेष्ठ...

  • २०८२ जेठ ६, मंगलबार

    नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा प्रवेश

    काठमाडौं - महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ । आन सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् । त्यस्तै पूर्वकप्तान रुबिना...

  • २०८१ चैत्र २५, सोमबार

    ताम्रकार फुटसल प्रतियोगिता सम्पन्न

    खेलकूदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि नियमित रुपमा गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैठौँ संस्करण यसवर्ष यही चैत्र १६ गते शनिबार र २३ गते शनिबारका दिन सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा सम्पन्न भएको छ  । सो ताम्रकार फूटसल प्रतियोगिताका विजेता बि.के. सुनचाँदी पसलले छैठौं संस्करणमा पनि विजय हासिल...

  • २०८१ चैत्र २२, शुक्रबार

    फुटबल जगतमा अग्रस्थान अोगटेको थ्री स्टार क्लबले स्वर्ण महोत्सव मनाउने

    नेपालको ए डिभिजन फुटबल क्लबहरु मध्ये सक्रिय, प्रतिष्ठित र जनमानस चिरपरिचित क्लब थ्री स्टार क्लबले आफ्नो स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । ललितपुरमा स्थानीय युवाहरुको सक्रियतामा वि.सं. २०३१ सालमा स्थापित थ्री स्टार क्लबको स्थापनाको ५० बर्ष अर्थात स्वर्ण जयन्ती मनाउने क्रममा उत्साहजनक विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण जयन्ती समारोह मनाउने सन्दर्भमा जानकारी गराउन...

  • २०८१ फाल्गुण १५, बिहिबार

    १३औँ फाइनलमा पनि नेपाल उपविजेता, म्यानमार बन्यो च्याम्पियन

    काठमाडौं - फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ हजार ५६८ दर्शकमाझ सम्पन्न खेलमा दुवै गोल म्यानमारले दोस्रो हाफमा गरेको हो । ...

  • २०८१ फाल्गुण १५, बिहिबार

    महाशिवरात्रिमा 'शंकास्पद गतिविधि' गर्ने ८० जना प्रहरी नियन्त्रणमा

    काठमाडौं - प्रहरीले शिवरात्रिमा शंकास्पद गतिविधि गरेको आरोपमा ८० जनालाई पशुपतिनाथ क्षेत्रबाट नियन्त्रणमा लिएको छ । निगरानीका क्रममा अवाञ्छनीय गतिविधि गरेको देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । ‘‘अभद्र व्यवहार गर्ने, विगतमा राम्रो काम नगरेका ८० जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरूलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर...

  • २०८१ पौष १, सोमबार

    पाकिस्तानविरुद्ध नेपाल ६ विकेटले विजयी

    काठमाडौं- महिला यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई छ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा सोमबार पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।  नेपालका लागि कप्तान पुजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले ४७ रन बनाएकी हुन्। यस्तै, सोनी पाख्रिनले १३, सिमाना केसीले १२, साना प्रवीणले १० र सावित्री धामीले ८ रनको...

  • २०८१ मङ्सिर ३०, आइतबार

    फिफा विश्वकप–२०३० छ देशमा हुने

    काठमाडौं - विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आयोजनामा विश्वकप–२०३० ६ देशमा हुने भएको छ । फिफा कंग्रेसले विश्वकपको यो संस्करण आयोजना अधिकार युरोपका दुई देश स्पेन र पोर्चुगलसँगै अफ्रिकी मुलुक मोरोक्कोलाई सुम्पिने निर्णय गरेको छ । तर, सन् २०३० मा विश्वकप आयोजना सुरु भएको १००औँ वर्ष पुग्ने भएकाले उक्त संस्करणका सुरुआती तीन खेल तीन फरक दक्षिण अमेरिकी मुलुकले आयोजना गर्ने फिफाले जनाएको छ । त्यसानुसार...

  • २०८१ मङ्सिर २८, शुक्रबार

    एनपीएलका केही खेल हेर्न ब्रायन लारा काठमाडौंमा

    काठमाडौं- वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौं आएका छन्। उनी आज बिहान काठमाडौं ओर्लिएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे।  लारा क्यानको निमन्त्रणामा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण हेर्न काठमाडौं आएका हुन्। वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपीएलका केही खेल हेर्ने र...

  • २०८१ मङ्सिर १८, मंगलबार

    अफगानिस्तानमाथि नेपालकाे १ विकेटकाे राेमाञ्चक जीत

    काठमाडौं - यूएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभर ३ बलमा लक्ष्य भेट्टायो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९, मायन यादव १, सन्तोष यादव ७, नरेन भट्ट २, रोशन विश्वकर्मा ९, उत्तम थापामगर २ रनमा आउट हुँदा कप्तान हेमन्त धामी...

  • २०८१ कार्तिक १५, बिहिबार

    साफ वुमेन्स: बंगलादेश च्याम्पियन, नेपाल २-१ ले पराजित

    काठमाडौं- रितुपोर्ना चक्माले गरेको जादुयी गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै बुधबार वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि रक्षा गरेको हो। नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो। हारसँगै नेपालको पहिलोपल्ट उपाधि जित्ने सपना अधूरै रह्यो। बंगलादेशले सन् २०२२ को उपाधि दशरथ...

Pages